प्रतिकुल परिस्थितिमा पनि ठूलो आकारको बजेट आउनु सुखदः डा.कल्याण रोका

प्रतिकुल परिस्थितिमा पनि ठूलो आकारको बजेट आउनु सुखदः डा.कल्याण रोका

  • शनिबार, जेष्ठ १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 18.4K
    SHARES

सरकारले कोरोना महामारी र आर्थिक गतिविधि प्रभावित बनिरहेको बेला पनि गत बर्षको भन्दा ठूलो आकारमा बजेट ल्याएको छ । यो बजेट १६ खर्ब ४७ अर्ब १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । यसबारे विपक्षी दलका नेता, पूर्व अर्थमन्त्री एवं अर्थविद्हरुले लोकप्रियतावादमा आधारीत प्रचारमुखी र सस्तो लोकप्रियता र चुनावमुखी बजेट भन्दै कार्यन्वयन हुन कठिन हुने प्रतिकृया दिएका छन् । यस्तो अवस्थामा अर्थविद् एवं युवा तथा साना व्यवशायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकासँग बजेटबारे हामीले सक्षिप्त कुराकानी गरेका छौँ ।

यो बजेटलाई कसरी हेर्नु भएको छ ?
आन्तरीक रिण, राजस्व, वैदेशिक रिण र अनुदान यो बजेटको मुख्य स्रोत हो । देशको राजस्व संकलनको लक्ष्य शतप्रतिशत सफल भएकाले पनि सरकारले यो बर्ष ठूलो आकारको बजेट ल्याएको देखिन्छ । बजेटले अहिले कोरोना नियन्त्रणमा प्राथमिकता देखिन्छ । कोरोना नियन्त्रणमा बजेट खास गरी स्वास्थ्य क्षेत्रमा केन्द्रीत भएको छ । यसले जिडिपिमा योगदान नगरे पनि नागरिकको सुरक्षाका लागि यो उचित छ । अर्कोतिर मानव विकास सुचकांकलाई पनि बजेटले फोकस गरेको छ । शिक्षा क्षेत्रमा जुन बजेट विनियोजित भएको छ । शिक्षा भनेको मानव विकास सूचकाकको महत्वपूर्ण सूचक हो । यसमा १७—१८ प्रतिशत खर्च विनियोजित छ । यो पनि शिक्षा क्षेत्रको प्राथमिकता भनेको पनि बजेटको राम्रो पक्ष हो । मान्छेलाई शिक्षित नबनाई, जागरुक नबनाई देशको विकास हुन सक्दैन भन्ने मान्यताका साथ यो आएको छ यो राम्रो हो ।
अर्कोतिर चुनावी घोषणा पत्रमा ५ हजार वृद्धा भत्ता दिने भनिए पनि अहिले ४ हजार पुर्याईएको छ । सामाजिक सुरक्षाको दृष्टिले यो राम्रो भएको छ ।
रोजगारीको क्षेत्रबाट हेर्दा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब विनियोजन गरेर सय दिनको रोजगारी दिने युवाहरुका लागि यो पनि सकारात्मक छ । यो विगतमा केही फितलो देखिए पनि राम्रै छ ।
अर्को स्वरोजगारी सृजनाको क्षेत्रमा पनि युवा तथा साना व्यवशायी स्वरोजगार कोषलाई पनि १२ हजार मानिसलाई स्वरोजगार बनाउने लक्ष्य दिईएको छ । कोषको हिशाबले हेर्ने हो भने कर्जा सुरक्षण मार्फत ५० प्रतिशत प्रिमियम व्यवस्था गरिदिएको छ । यो हाम्रो लागि नयाँ कुरा हो । यसले हामीले लगानी गरेको कर्जा उठ्ने कुरामा सहयोग पुग्नेछ भन्ने लागेको छ ।
यसै गरी विदेशबाट फर्किएका मानिसलाई सर्टिफिकेट धितो राखेर २५ लाख सम्म रिण उपलव्ध गराउने कुराले पनि रोजगारी सृजना गर्ने लक्ष्य राखेको देखिन्छ । प्रतिकुल परिस्थितिका बाबजुद कर्मचारीहरुलाई दुई हजार तलव वृद्धि गर्ने र आन्तरीक पर्यटन प्रवद्र्धन गर्न १० दिन सम्म काजमा भ्मणमा जाने खालको जुन व्यवस्था गरिएको छ त्यो राम्रो छ ।

बजेट चाँही स्रोतको बलियो आधार भन्दा पनि बढी अनुदान र रिणमा भर परेको र कार्यन्वयनको संभावना कम छ भनिन्छ नि ?
बिपक्षीहरुले आन्तरीक रिण, बैदेशिक रिण र अनुदानमा आधारीत बजेट ल्यायो भन्नुको कुनै तुक छैन । यद्यपि, मैले स्रोतको बारेमा अर्थमन्त्रीले धेरै खुलाउनु भएको छैन । तर खास गरी पूजीखत खर्च हुन अवरोध रहेका केही चीजहरु जस्तै सार्वजनिक खरीद ऐन, कर्मचारी संयन्त्रबाट हुने ढिला सुस्ती र बाधा अड्चनले बजेट कार्यन्वयनमा केही समस्या त आउन सक्छ । तर जुन मान्छे जे जिम्मामा छ , त्यो मान्छेले छिटो छरितो ढंगले काम गरिदिने हो भने बजेट कार्यन्वयन हुन्छ । प्रतिकुल परिस्थितिमा पनि यो बजेट आउनु सकारात्मक कुरा हो बिरोधको अर्थ छैन । बजेट कार्यन्वयन गर्न सबै तह र निकायहरु लाग्नु पर्दछ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम जस्ता सोही प्रकृतिका रोजगारमुलक कार्यक्रमहरु प्रभावकारी नहुने, नारा मात्रै आउने भन्ने खालका आरोपहरु लगिरहने गरेका छन् , अहिले के देखिन्छ ?
रोजगारी सृजनामा सरकारले ल्याएको कार्यक्रम ठीक छ । तर कर्जाको सीमा र ब्याजदरमा एकरुपता ल्याईदिएको भए राम्रो हुन्थ्यो । जस्तो कसैले एक प्रतिशतमा रिण पाउने, कसैले विना धितो सर्टिफिकेट राखेर २५ लाख सम्म पाउने भनिएको छ । यसलाई पनि बजेटमा अनुदानलाई न्युनीकरण गर्दै रोजगार वा स्वरोजगार कार्यक्रमलाई एकद्धार नभए पनि एउटै प्रणालीमा ल्याउन सक्नु पथ्र्यो । त्यो एकै पटक समस्याको समाधान हुँदैन सुधार हुँदै जान्छ ।
यसपाली सरकारले युवा स्वरोजगार कोषलाई पनि महत्वपूर्ण जिम्मा दिएको छ । कर्जा सुरक्षणका लागि जुन सरकारले प्रिमियम छुट्याईदियो । त्यसले केही जोखिममा परेको रिण असुल हुने देखिन्छ । सरकारलाई धन्यवाद छ । ९ अर्बको हाम्रो लगानी छ । चार अर्ब जति बजारमा लगानीमै छ । त्यसमा केही जोखिम थियो । त्यो अब सहज हुने देखिन्छ । कर्जाको सीमा र ब्याजदर एकरुप हुनु पर्ने थियो त्यो अब पछि मिल्ला अरु राम्रो छ ।

बजेटको प्राथमिकता उपयुक्त छ त ?
बजेट अहिले ग्रामिण क्षेत्रलाई फोकस गरेर आएको छ । विकासको जग ग्रामिण क्षेत्र भएको हुनाले स्थानीय सरकार र प्रदेश सरकारलाई फोकस गरेर बजेट आउनु राम्रो कुरा हो । सानै भए पनि महत्वपूर्ण जस्तो तीनकुने कोटेस्वरको जाम समाधान गर्न सुरुगं मार्गको कुरा आयो । त्यो सामान्य जस्तो लागे पनि महत्वपूर्ण छ । शिक्षा, स्वास्थ्य, रोजगारी र विकास सबै चीजलाई सन्तुलित ढंगले अघि बढाएकोले बजेट उत्कृष्ट र प्रभावकारी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी