बागलुङकी मायाको पर्खाइमा नवलपुरका युवा(भिडियो)

बागलुङकी मायाको पर्खाइमा नवलपुरका युवा(भिडियो)

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

काठमाडौं, १५ पुस ।  मध्य नेपाल चितवन र लुम्बिनीको बीच खण्डमा रहेको नवलपुर जहाँका स्थानीय युवाहरुको सहकार्य र उनीहरुकै अभिनय रहेको गीत हालै मात्र ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको छ ।
‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीतमा राजेशकुमारको स्वर रहेको छ । नेपाली गीत संगीतको क्षेत्रमा नयाँ गीतकारको रुपमा पहिचान बनाएका राजेश चलचित्र रोजको ‘फूल होइन काँडा’, प्रेमगीत ३ को ‘हर युग होस् प्रेमको’, निदाउँकी सपनीमा , मोटरसाईकलमा जस्ता सर्वाधिक चर्चित गीतका रचयिता पनि हुन् । यो पटक ‘बाग्लुङमा मेरी मायालु, पाल्पामा घर’ बोलको गीतमा भने उनी आफैले स्वर भरेका छन् ।
नवलपुरका युवाहरुको दमदार अभिनय रहेको भिडियोमा ममता, तिलक, बिदेश, निरज, रोशन र तिलकको भूमिका देख्न सकिन्छ । दीपक कौशलको शब्द संगीत र रमित श्रेष्ठ पाल्पालीको निर्देशन रहेको म्यूजिक भिडियोमा शहरिया ठिटो र गाउँमा संघर्षशील जीवन बिताइरहेकी सरल नारीबीचको माया प्रेमको भावलाई रोमाञ्चक तरिकाबाट प्रस्तुत गर्न खोजिएको छ । भिडियोमा नवलपुरका स्थानीय पर्यटकीय स्थल, नारायणी नदी र देवचुली अनि बरचुलीको पर्वतीय शृंखला समेत देख्न सकिन्छ ।
सुरज खनालले छायांकन गरेको गीतले बाग्लुङ, पाल्पा र पूर्वी नवलपरासीबीचको भौगोलिक निकटता अनि सम्बन्धलाई समेत झल्काएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी