नेपालमा भैंसीपालनको अवस्था एवं भैंसी संरक्षणमा पनौती नगरपालिका मोडेल

नेपालमा भैंसीपालनको अवस्था एवं भैंसी संरक्षणमा पनौती नगरपालिका मोडेल

  • शनिबार, पुस ११, २०७७
  • बासुदेव नाथ

  • 108.4K
    SHARES

() पृष्ठभूभी :

नेपालमा गोपाल वंशपछि अहिर वंशी  ( महिषपाल ) ३ जना राजाहरुले १११ वर्ष शासन गरेका थिए । यसबाट  भैंसीपालनको महत्व झल्कन्छ । भैसीलाई कालो सुन वा एशियाको जनावरको रुपमा लिईन्छ । नेपालको पहाडी एवं वेशीफांटहरु र खोला किनारका फांटमा सदियौदेखि भैंसीपालन गरिदै आएको छ । यो दूध र मासुको लागि उपयोगी हुन्छ । नेपालमा भैंसीलाई दूध उत्पादन भन्दा मासु उत्पादनमा अत्यधिक प्रयोग भएकोले भैसीपालन व्यवसायमा गाई पालन व्यवसाय सरह विकास हुन सकेको छैन ।भैंसी पालन गरिने प्रमुख देशहरु : भारत, पाकिस्तान, चीन, नेपाल, फिलिपिन्स, भियतनाम, म्यानमार, ईन्डोनेशिया, ब्राजिल, इटली रहेका छन् ।

लेखकः बासुदेव नाथ

देशमा बढ्दो जनसंख्या एवं शहरीकरणसंगै उपभोक्ताहरुमा क्रय शक्ति बृद्धि तथा पौष्टिक आहारा प्रति जनचेतना अभिवृद्धिको कारणले दूध तथा दुग्धजन्य पदार्थको माग दिनानुदिन बढदै गै रहेको छ । अर्को तर्फउत्पादन क्षमता राम्रो भएका भैंसीहरु दूध थाकेपछि अर्को बेतसम्म पनि नपर्खि अनियन्त्रित रुपले मासुको लागि बिक्रि गर्दा देशमा दुधालु भैंसीको संख्या घट्दो क्रममा रहेकोछ । यसले गर्दा व्यवसायीक रुपमा भैसीहरुको फार्म स्थापना गरी दूध उत्पादन गर्न चाहने कृषकहरुले दुधालु भैसी खरिद गर्न भैसीको श्रोतको अभाव देखिएकोले उन्नत जातको उत्पादनशिल बकेर्नो / थारा भैसीहरुको पनि संरक्षण गरी दुधालु भैसीहरुको सहज आपुर्ति गर्न निजी उद्यमी/कम्पनी/समूह/समिति/सहकारी/स्थानीय तह/गैर सरकारी संघ/संस्थाहरुसंगको सहकार्यमा  उन्नत नश्लका दुधालु भैसीहरुलाई दूध थाके पछि मासुको लागि बिक्रि गरिने प्रचलनलाई निरुत्साहीत गर्दै उत्पादनशील बकेर्नो / थारा भैसीहरुको संरक्षण गर्ने , उत्पादनशील बकेर्ना भैसीहरुको संरक्षण गरी दुधालु भैसीको उपलब्धता बढाई दूधको उत्पादन वृद्धि गर्न सहयोग पुर्‍याउने ,उत्पादनशील बकेर्नो /थारा भैसीहरुको संरक्षणमा सचेतना तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य लिई सबैभन्दा पहिले आर्थिक वर्ष २०७०/७१ मा काभ्रे जिल्लाको ढुंङ खर्कमा र आर्थिक वर्ष २०७२/७३ देखि सुनसरी, धनकुटा, सिराहा, उदयपुर, सिन्धुली, कास्की, नवलपरासी, पाल्पा, स्याङ्गजा, बर्दिया ( सिन्धुली जिल्लामा प्रस्ताव नपरेकोले कार्यक्रम सञ्चालन नभएको )प्रति उत्पादनशील बकेर्नो/ थारा भैंसी संरक्षण केन्द्रमा न्यूनतम् ५० वटा उत्पादनशील बकेर्नो /थारा भैंसीहरु भएको हुनु पर्ने व्यवस्था थियो ।काभ्रे जिल्लामा कार्यक्रम सञ्चालन गरीएको स्थान ढुँङ खर्कमा समेत अनुदान पाउन्जेलसम्म कार्यक्रम सञ्चालनमा आएपनि त्यसको अनुसरण पनौती नगरपालिकाले गरेको छ । हालको यो अवस्था पुग्नको लागि विगतमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुसेवा विभाग र मातहतका कार्यालयहरुद्वारा  सञ्चालन गरिएका वृहत भैंसी पकेट प्याकेज कार्यक्रम, उन्नत जातको मुर्रा राँगो वितरण कार्यक्रम, उन्नत गाईभैसी श्रोत केन्द्र विकास कार्यक्रम, दुधालु गाईभैंसी वंश सुधार कार्यक्रम, कोरेली पाडी हुर्काउने कार्यक्रम, नश्ल सुधार राष्ट्रिय अभियान कार्यक्रम, पशु आहारा विकास राष्ट्रिय अभियान कार्यक्रम, उत्पादनशील वकेर्नो तथा थारा भैंसी संरक्षण कार्यक्रम, मासु उत्पादनका लागि पाडा हुर्काउने कार्यक्रम, दूध उत्पादन तथा बजारिकरणका आधारमा अनुदान पाइलट कार्यक्रम, गाईभैंसीलाई सुत्केरी पशु आहारा भत्ता कार्यक्रम, साइलो पिट निर्माण कार्यक्रम, मध्यपहाडी लोक मार्ग तथा हुलाकी मार्गका बजार लक्षित एकिकृत दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम, पशु आनुवाँशिक श्रोत संरक्षण सम्वर्द्धन तथा उपयोग कार्यक्रम, प्रजनन् योग्य राँगो साँढे हुर्काउने श्रोत केन्द्र स्थापना कार्यक्रम, एक जिल्ला एक घाँसेवाली श्रोत केन्द्र स्थापना कार्यक्रम, पशु कल्याण प्रवर्द्धन कार्यक्रम लगायत अन्य यस्ता थुप्रै कार्यक्रमहरु सञ्चालन गरिएकाले उक्त कार्यक्रमहरुको प्रत्यक्ष तथा परोक्ष प्रभावले गर्दा मुलुक संघियताको कार्यान्वयनसंगै स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार अन्तरगत विगतबाट पाठ सिक्दै पशुपालनको विकासको लागि गरिएका प्रयासहरुबाट सिक्दै आगामी दिनमा आफ्नो स्थानीय तहका कृषकहरुको आवश्यकताका आधारमा यस्ता कार्यक्रमहरु सबै स्थानीय तहहरुले सञ्चालन गर्नु आवश्यक हुन सक्दछ । पशुपालन सम्बन्धी यस्ता कार्यक्रमहरु सञ्चालनमा भैंसी संरक्षण र सम्वर्द्धनको लागि पनौती नगरपालिका मोडेलले सहयोग पुर्‍याउन सक्ने देखिन्छ ।

लेखकःबासुदेव नाथ

() भैंसीपालनको आवश्यकता :

  • व्यावसायिक भैसीपालमा जोड दिनु पर्ने ।
  • उन्नत नश्लमा जोड दिनु पर्ने ।
  • हरियो घासमा आधारित उचित आहारा प्रवन्ध मिलाउनु पर्ने ।
  • असल पालन अभ्यास ( खोप , डिर्र्र्विर्मङ, जैविक सुरक्षा, टिट डिपिङ्ग आदि)
  • प्रभावकारी सस्तो सर्वसुलभ पशु स्वास्थ्य सेवा प्रवहको व्यवस्था मिलाउनु पर्ने ।
  • उत्पादनशील बकेर्ना वा थारा भैसी संरक्षण गर्नु पर्ने ।
  • मासु उत्पादनको लगि पाडा पालन गर्नु पर्ने ।
  • उन्नत नश्लका भैसीको स्रोत केन्द्र स्थापना गर्नु पर्ने ।
  • स्थानीय जातका भैसीहरुलाई स्वः स्थान मै संरक्षण गर्नु पर्ने ।

() भैसीको महत्व झल्कने तथ्यहरु :

तालिका नं.१

प्रस्तुत तालिका नं. १ मा गाई भन्दा भैंसी बढी उपयोगी तथा लाभदायक रहेको देखिन्छ तर पनि भैंसीपालन गाईपालनको तुलनामा दिन प्रतिदिन घट्दै गईरहेको देखिन्छ ।

() भैंसीको उत्पादकत्व:

(४.१)  स्थानीय जातका भैंसीको उत्पादकत्व :

(४.२) आयातित जातका भैंसीको उत्पादकत्व :

() विगत २० बर्षमा नेपालमा भैंसीको संख्या, दूध उत्पादन, उत्पादकत्व एवं योगदानको  विश्लेषणात्मक विवरण :

प्रस्तुत तालिका नं. ४ मा बार्षिक भैंसी संख्यामा बृद्धि दर करिव ०.६%, दूधालु भैंसीमा १.६%,दूध उत्पादनमा २.६%, उत्पादकत्वमा ०.९% बृद्धि भएको छ भने विगत २० बर्षमा भैंसीको संख्यामा ५०.५%, दुधालु भैंसीको संख्यामा ७१.३%, दूध उत्पादनमा ८०.७% र दूधको उत्पादकत्वमा ५.४% ले बृद्धि भएकोछ।

() बिगत २०बर्षमा नेपालमा मासु उत्पादनमा भैंसीको योगदानको  विश्लेषणात्मक विवरण :

तालिका नं.५                               स्रोत: कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरवार काठमाडौं

प्रस्तुत तालिका नं.५ मा आ.व.२०५६/५७ मा मासु उत्पादनमा भैंसीको योगदान ६४.४% भन्दा बढी र आ.व.२०७५/७६ मा ५२.८% हुन पुगेको देखियो । पछिल्लो समयमा भैंसीको संख्यामा खासै बृद्धि हुन नसकेको र दूध उत्पादन भन्दा बढी मासुको लागि भैंसीको प्रयोग हुने गरेको एकातिर छ भने अन्य बस्तुको मासु उत्पादनमा समेत बृद्धि भएकोले तुलनात्माक रुपमा मासु उत्पादनको योगदानमा क्रमशः कमी हुदै गएको देखिन्छ ।

() भैंसीपालन व्यवसायको:SWOT ANALYSIS

(७.१) सबल पक्ष (STRENGTH – S)

  • परम्परागत पेशा भएकोले धार्मिक, सास्कृतिक, चालचलन तथा रितिरिवाज अनुसार उत्कृष्ट पेशा ।
  • ठुलो जनावर र रोग कम लाग्ने ।
  • प्राविधिक जनशक्तिमा बृद्धि भैरहेको ।
  • स्थानीय तहममा विज्ञहरुबाट सेवा उपलब्ध हुने ।
  • आधारभूत तालीम प्रदेशस्तरमा उपलब्ध हुने ।
  • कमसल रेशादार घांस खाएर पनि राम्रो उत्पादन दिने ।
  • बजारको अभाव नरहेको ।
  • दूध,मासु, मल र श्रम उपलब्ध हुने ।
  • गाईको दूध भन्दा भैंसीको दूधको माग र मूल्य बढी हुनु ।
  • अनुत्पादक भैंसी तथा रांगाहरु मासुको लागि सजिलैसंग बिक्री हुनु ।
  • मासु तथा दुग्धजन्य उद्योगमा बृद्धि हुनु ।

(७.२) कमजोर पक्ष (WEAKNESS – W)

  • भैंसी संख्या दिन प्रतिदिन घट्दैजानु ।
  • कृषकहरुले भैंसी पालन छोड्दै जानु ।
  • परम्परागत तरिकाले पालन भैरहेको ।
  • भैसीमा मन्द ऋतुकाल (Silent heat) हुने भएकोले रागो खोजेको थाहा नहुनु ।
  • प्राय: भैंसीको बेत अन्तर बढी हुनु ।
  • युवाहरु बिदेश पलायन हुनु ।
  • दक्ष श्रमिकको अभाव हुनु ।
  • यो पेशा भन्दा अन्य पेशा आकर्षित हुनु ।
  • कृषकहरुको माग अनुसार तालिम दिन नसक्नु ।
  • दक्ष प्राविधिक जनशक्तिको कमी ।
  • चाहेको जस्तो नश्ल उपलब्ध नहुनु ।
  • सजिलोसंग ऋण नपाउनु ।
  • बाह्रै महिना घास खेती गर्न नसक्नु ।
  • आहारा बढी आवश्यक पर्ने ।

(७.३) अवसर (OPPORTUNITY – O)

  • उन्नत भैंसी श्रोत केन्द्र स्थापना, मासु उत्पादनको लागि पाडा पालन, उत्पादनशील थारा भैंसी संरक्षण गरी व्यवसायलाई सवल बनाउन सकिने ।
  • दूध,मासु, मल र श्रम उपलब्ध हुने ।
  • गाईको दूध भन्दा भैंसीको दूधको माग र मूल्य बढी हुनु ।
  • भैंसीको दूधले गाईको दूधको मूल्य बढाउने ।
  • अनुत्पादक भैंसी तथा रांगाहरु मासुको लागि सजिलैसंग बिक्री हुनु ।
  • सरकारी सुविधा (अनुदान, बीमा,सहुलियत ऋण आदि)उपलब्ध हुनु ।
  • मासु तथा डेरी उद्योग स्थापना गर्न सकिने ।
  • विभिन्न पेशा कर्मीहरुले सहायक पेशाको रुपमा राम्रो संग सञ्चालन गर्न सक्ने ।
  • दूध र मासुको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिने ।
  • भैंसीको मासु र दूध उपभोक्तामा बृद्धि भईरहेको ।
  • आधुनिक मेसिनरी औजार तथा उपकरणको उपलब्धतामा बृद्धि ।

(७.४) चुनौति (THREAT – O)

  • भैंसी संख्या घटदै गईरहकोले संरक्षण गर्न नसकिएको ।
  • भारत तर्फहुने निर्यात रोक्ने तथा भारतबाट हुने चोरी पैठारी रोक्ने ।
  • उत्पादनशील बकेर्नो तथा थारा भैंसी मासुको लागि प्रयोग हुनबाट रोक्ने ।
  • स्थानीय जातका भैंसीको उत्पादन र उत्पादकत्वमा बृद्धि गर्नु ।
  • जलवायु परिवर्तनले पारेको असर न्यूनिकरण गर्न ।
  • स्थानीय जातका भैंसीहरुको संख्यात्मक तथा गुणात्मक अवस्थामा आउने विचलन रोक्न नसक्नु ।
  • भैंसीपालक व्यवसायीहरुलाई यसै पेशामा अड्याई राख्ने ।
  • बाह्रै महिना हरियो घाँस उत्पादनमा बृद्धि गर्न ।

() भैंसी संरक्षण तथा सम्वर्द्धनका लागि पनौति नगरपालिका मोडेल

.. कार्यक्रमको औचित्य

  • उत्पादनशील भैंसीको संख्यालाई संरक्षण गरी दूध उत्पादनलाई निरन्तरता दिलाउन ।
  • भैंसीको आनुवांशिक गुणलाई संरक्षण गर्न ।
  • रोजगारी सिर्जनासहित पनौतीलाई दुधालु भैंसीको श्रोत केन्द्रको रुपमा विकास गर्न ।

.. आधार वर्ष २०७५/७६को अध्ययनको निष्कर्ष

  • लैनो भैंसी खरिदकालागि पनौती नगरपालिका भित्रका किसानहरुले वर्षेनी ३ करोड रुपैया भन्दा बढी रकम बाहिर पठाउने गरेको,
  • नगर क्षेत्रमा भैंसीको संख्या गणना गर्दा ४७४७ रहेको र सो संख्यामा वृद्धि नभएको,
  • पशुपालन र दूध उत्पादनमा काभ्रेपलाञ्चोक जिल्लाकै उत्कृष्ट पालिकाको रुपमा पनौती रहेको र आधार वर्षमा नगर क्षेत्रमा उपभोग भई बाँकी रहेको दूध दैनिक ३५हजार लिटर बाहिर जाने गरेको,
  • उत्पादनशील भैंसीहरुलाई पुन: व्याउने बेलासम्म पाल्ने नगरेको,
  • भैंसीपालन गरेका किसानहरुले समेत जन्मेको पाडीलाई हुर्काई भैंसी बनाएर पाल्नमा अनुइच्छा देखाएको,
  • लैना भैसीलाई महँगो मूल्यमा खरिद गरी ल्याउने तर सामान्य परिमाणमा दूध उत्पादन घट्न थाल्ने वित्तिकै उत्पादनशील भैंसीलाई विक्री गरी पुन: बढी मूल्य तिरेर नैनो भैंसी खरिद गर्ने चलन रहेको,
  • भैंसी बहुपयोगी र दूधको बजारिकरणमा समस्या नहुँदासमेत युवा जनशक्ति पशुपालन र कृषि व्यवसायमा आकर्षित हुन नसकेको,
  • पनौती नमूनायोग्य भैंसीको श्रोत केन्द्र बन्न सक्ने सम्भावना भएर पनि हुन नसकेको र किसानहरु व्यवसायिक बन्न स्वरोजगार हुन र पशुपालनमा आधारित साना उद्योग सञ्चालन गर्नुभन्दा वैदेशिक रोजगारीमा जान लालायित हुने गरेको,
  • उपर्युक्त कारणहरुले गर्दा कालो सुन को रुपमा चिनिने र फाइदैफाइदा रहेको बहुउपयोगी भैंसीको संख्या नगरक्षेत्रबाट दिनानुदिन घट्दो क्रममा रहेको हुँदा सो क्रमलाई रोक्न जरुरी देखिएकाले पनौती नगरपालिकाको आर्थिक वर्ष ०७५/७६ को नीति कार्यक्रम तथा बजेटमै समावेश गरेर भैंसी संरक्षण र संवर्द्धन कार्यक्रम सुरु गरिएको हो।

 ..भैंसी संरक्षण र सम्वर्द्धन कार्यक्रम लक्ष पुरा गर्ने सञ्चालन गरेका प्रमुख कार्यहरु

तालिका नं ६                         स्रोत:    पनौती नगरपालिका, काभ्रे

.. भैंसी संरक्षण र सम्वर्द्धन कार्यक्रममा भएको खर्चको विवरण

आर्थिक वर्ष २०७५/७६

तालिका नं ९                           स्रोत:   पनौती नगरपालिका, काभ्रे

.. आर्थिक वर्ष २०७७/७८ को भैंसी संरक्षण तथा प्रवर्द्धन कार्यक्रमसंग सम्बन्धित कार्यक्रम तथा बजेट

() निष्कर्ष :

भैसी बहुउपयोगी जनावर हो । भैसीलाई एशियाको कालो सुन भनिन्छ । भैसीको योगदान दूध उत्पादनमा करिव ६३% र मासु उत्पादनमा करिव ५३% रहेको छ । हाम्रो देशमा भैसीको योगदान अनुसार  महत्व दिन सकेको छैन । उत्पादनशील बकेर्नो / थाराभैसी संरक्षण कार्यक्रम, मासुकोलागि पाडा हुर्काउने कार्यक्रम र उन्नत भैसी श्रोत केन्द्र वा बृहत श्रोत केन्द्र कार्यक्रम, भैंसीको वंश सुधार कार्यक्रम प्रभवकारी हुन सकिएन । भैसीपालन  दूध उत्पादन भन्दा पनि मासुको लागि प्रयोग गरिने भएकोले भैसीपालन कार्यक्रमले गति लिन सकेन ।भैंसी संरक्षण तथा सम्वर्द्धन आजको टडकारो आवश्यकता देखापरेको छ ।

राष्ट्रिय कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान करिब २७ प्रतिशत, पशुपालन क्षेत्रको योगदान करिब १३ प्रतिशत र भैंसीपालन क्षेत्रको योगदान करिब ६ प्रतिशत रहेको छ । भैसीपालनको योगदान अनुसार भैंसीपालनलाई महत्व दिई सो सम्बन्धी कार्यक्रमहरु अगाडि बढाउन आवश्यक देखिन्छ । भैंसीपालनको मध्यमबाट नै दूध र मासुमा आत्मनिर्भर बन्न सहयोग पुग्ने कुरामा दुईमत छैन । जलवायु परिवर्तनले भैंसीपालनमा प्रत्यक्ष असर पारेको छ । जलवयु परिवर्तनका असर न्यूनिकरण गरी भैंसीपालनलाई टेवा पुर्‍याउन आवश्यक हुनुको साथै कृषकहरुलाई भैंसीपालनप्रति धैर्यता बारे जानकारी गराउन पनि त्यतिकै महत्वपूर्ण रहेको छ ।

भैंसी संरक्षण तथा संवर्द्धनमा पनौती नगरपालिका मोडेल मुलुक कै उत्कृष्ट मोडेल मध्ये देखा पर्ने संकेत देखिन थालेका छन । पनौती नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएको भैंसी संरक्षण तथा सम्वर्द्धन कार्क्रमको अहिले नै मूल्याँकन गर्ने समय नभएपनि असल कार्यको सुरुवात भएको महसुस गर्न सकिन्छ ।यस मोडेललाई व्यवसायिकरण, आधुनिकिकरण, यान्त्रिकिकरण,औद्योगिकरण र बजारिकरणसंग आवद्ध गर्नु आवश्यक छ ।यसलाई अझै व्यवस्थित गर्नको लागि असल पशुपालन अभ्यास (Good Husbandry Practice – GHP ),असल उत्पादन अभ्यास (Good Manufacturing Practice – GMP ),असल स्वच्छता अभ्यास (Good Hygienic Practice –GHyP ) र  असल भेटेरिनरी अभ्यास (Good Veterinary Practice – GVP ) विधिहरु अवलम्वन गरी उच्च गुणस्तरीय पशु तथा पशुजन्य उत्पादन उपभोक्ताहरुलाई उपलब्ध गराई स्वच्छ खाद्य पदार्थ उपभोग गर्ने हकलाई सुनिश्चित गर्नुको साथै खाद्य सुरक्षाको प्रत्याभूति गर्दै मुलुकलाई पशु तथा पशुजन्य पदार्थमा आत्मनिर्भर हुनुको साथै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा उल्लेख्य सहयोग पुग्न जाने छ । मुलुक भरीका सबै स्थानीय तहले यसै किसिमले संभाव्यता अध्ययन गरी काम गर्ने हो भने यो मोडेललाई अपनाउदा सहयोग पुग्ने देखिन्छ ।सबै किसिमका पशुपालनमा यो मोडेलले मार्ग दर्शन बन्न सक्दछ।यो नमूना  (Model) यसरी अगाडि आउनुमा पनौती नगरपालिकाको सक्षम नेतृत्व र उत्प्रेरित कृषक एवं कर्मचारीतन्त्रको योगदान उल्लेख्य रहेको छ । यस किसिमका कृषि तथा पशुपन्छी पालनका विकासका मोडेलहरु अन्य थुप्रै स्थानीय तह एवम प्रदेश स्तरबाट कार्यान्वयनमा आएका हुन सक्दछन ।कार्यक्रम बारे व्यापक प्रचार प्रसारको पनि त्यतिकै आवश्यकता रहेको छ ।दिगो विकासको लागि दिगो कृषि नमूना आजको आवश्यकता हो ।विगतमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका विभाग तथा कार्यालयहरुबाट सञ्चालित कार्यक्रमहरुलाई आधार लिदा सहयोग पुग्न जाने देखिन्छ ।

सन्दर्भ सामाग्रीहरु :

  • पौडेल, डा. लोकनाथ,नेपालमा भैंसी पालनको महत्व र वर्तमान चुनौतिहरु, केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालय , हरिहरभवन
  • नेपालका रैथाने घरपालुवा जनावरहरु : एक परिचय, नेपाल कृषि अनुसन्धान परिषद, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, पशु प्रजनन् महाशाखा खुमलटार, ललितपुर, २०१२
  • पौडेल, रुद्र प्रसाद (२०७०/७१) व्यवसायिक गाईभैंसी पालन प्रविधि, सामुदायिक पशु विकास आयोजना हरिहरभवन, ललितपुर
  • प्रधान,दलराम, गाईभैसी पालन तेश्रो पशु विकास आयोजना, हरिहरभवन, ललितपुर,२०६०
  • उन्नत गाई/भैंसी श्रोतकेन्द्र विकास कार्यक्रम संचालन निर्देशिका, २०७०
  • गाईभैंसीको वंश सुधार, संरक्षण एवं मासु उत्पादनकोलागि पाडा हुर्काउने कार्यक्रम सञ्चालन निर्देशिका २०७०
  • प्रजनन योग्य राँगो साँढे हुर्काउने श्रोत केन्द्र स्थापना कार्यक्रम सञ्चालन कार्यविधि,२०७३
  • नाथ, बासुदेव र कुँवर, सुमन, गाईभैंसीपालनको अवस्था अवसर र चुनौतिहरु, सहकारी संवाद मासिक पत्रिका, वर्ष २६, अंक ८, माघ २०७२, पूर्णाङ्क १७८, राष्ट्रिय सहकारी विकास बोर्ड, हरिहरभवन, ललितपुर
  • नाथ, बासुदेव, नेपालमा पाईने गाईभैंसीका जातहरु, डेरी समाचार चौमासिक, वर्ष २३, अंक ३,२०७२ चैत्र – २०७३ आषाढ, पूर्णाङ्क ९४, केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालय हरिहरभवन, ललितपुर
  • नाथ, बासुदेव, नेपालमा भैंसीपालनको योगदान तथा महत्व ब्रोसर, केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालय, हरिहरभवन, ललितपुर
  • पशुपन्छी डायरी, २०७४ पशु सेवा तालिम तथा प्रसार निर्देशनालय हरिहरभवन, ललितपुर
  • कृषि तथा पशुपन्छी डायरी, २०७७, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन, ललितपुर
  • भैंसी संरक्षण र सम्वर्द्धन अभियान शुभारम्भ कार्यक्रममा कृषि तथा पशुपन्छी शाखा पनौती नगरपालिकाको कार्यालय पनौती काभ्रेद्वारा मिति २०७७/०९/०४ गते प्रस्तुत कार्यपत्र
  • आर्थिक वर्ष २०७७/७८ को बजेट (पशुपन्छी विकास ), पनौती नगरपालिका,  नगरपालिकाको कार्यालय, काभ्रेपलाञ्चोक
  • C. Banerjee, Eigth Edition A textbook of Animal Husbandry
  • Livestock Statistics Of Nepal 2015/2016 ( 2072/073 ) Department of Livestock Services Statistics Section, Hariharbhawan, Lalitpur
  • STATISTICAL INFORMATION ON NEPALESE AGRICULTURE 2075/76 (2018/19), Ministry of Agriculture and Livestock Development,Statistics and Analysis Section, Singhdarbar, Kathmandu,Nepal

( लेखक राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवनमा पशु विकास अधिकृत पदमा कार्यरत हुनु हुन्छ ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी