- परिचय :
गोठालो भन्नाले गाईवस्तु चराउने वा हेरचाह गर्ने मानिस, कुनै चिज वा व्यक्तिको पछिपछि लागि हेरविचार गर्ने वा रखवारी गर्ने व्यक्ति वाहेरालोलाई जनाउछ ।
खास गरी गोठालो भन्नाले मन्दिरको लागि पुजारी, श्रीमतिको लागि श्रीमान, विद्यार्थीको लागि शिक्षक, सानो बच्चाको लागि उसको दाजु वा दिदी, कामदारको लागि सुपरभाइजर, हरेकको लागि जहाँ पनि नेतृत्व गर्ने व्यक्ति गोठालो हो जसले विभिन्न कुराहरुको हेरचाह गर्ने जिम्मेवारी लिएको हुन्छ ।
२.गोठालाको भूमीका :
- गोठालोको प्रमुख उत्तरदायित्व आफ्नो बथानको सुरक्षा र कल्याण गर्नु हो ।
- चरन उपलब्ध गराउनु वा उपयुक्त चरनको व्यवस्था मिलाउनु ।
- पशुबस्तुहरुलाई विषालु विरुवाबाट जोगाउनु ।
- सबै पशुबस्तुहरुलाई समान ढंगले रेखदेख गर्नु ।
३.असल गोठालोमा हुनु पर्ने गुणहरु :
३.१.सिमानिर्धारण :पशुहरुको लागि निश्चित सिमानिर्धारण गरी सिमा भित्र संरक्षण गर्ने, जंगली जनावर र चोरबाट संरक्षण गर्ने, द्वार पाले, चौकिदारको भूमिका निर्वाह गरी सत्रुजीवहरुबाट आफ्ना पशुबस्तुहरुलाई बचाउने ।
३.2.उदाहरणीय: पशुहरुले गोठालोको इसारा अनुसार चल्ने बनाउन कस्नु पर्दछ।
३.३.प्रबन्ध: असल चरन उपलब्ध गराउनको लागि चरन व्यवस्थापन, आहारा व्यवस्थापन, प्रजनन् व्यवस्थापन, गोठ व्यवस्थापन, हेरचाह व्यवस्थापन, पिउने पानी व्यवस्थापन लगायतका आवश्यक व्यवस्थापन पक्षको बारेमा उचित व्यवस्था मिलाउने प्रमुख भूमिका गोठालोको रहेको हुन्छ । गोठालोलाई असल व्यवस्थापकको भूमिका निर्वाह गर्ने दायित्व रहेको हुन्छ ।
३.४.विश्वासनीय: गोठालो सबैले विश्वास गर्न लायक हुनु पर्दछ । विश्वासनीयता प्रदर्शन गर्न नसक्ने व्यक्ति गोठालोको जिम्मेवारी पाउन लायक हुदैन ।यसकारण गोठालो विश्वास पात्र हुनु पर्छ ।
३.५.त्यागी : पशु कल्याण सम्बन्धी कार्यान्वयन गर्नको लागि त्याग एक अनिवार्य शर्त हो । सेवा गर्ने कार्यमा त्याग नै प्रमुख हुन्छ ।
३.६.पूँजी लगाउनु : उपर्युक्त सम्पूर्ण व्यवस्थापकिय पक्षहरु पुँजी विना कल्पना गर्नु निरर्थक हुन्छ । पुँजी लगाउनु पनि गोठालोको प्रमुख जिम्मेवारीमा पर्छ ।
३.७.सम्बन्धात्मक : गोठालोको काम एकाङ्की तवरले मात्र पुरा गर्न सकिदैन यसको लागि विभिन्न व्यक्ति तथा संस्थाहरु संगको असल सम्बन्ध सहकर्य सहयोग सहसम्बन्ध समन्वयले मात्र सम्भव हुने भएकोले गोठालोमा सम्बन्ध जोड्न सक्ने गुण हुनु अपरिहार्य छ ।
३.८.दूरदर्शीता : गोठालोले सधै अध्ययनशील, चिन्तनशीलर मननशील हुनु पर्छ यसले मात्र ज्ञान प्राप्त हुन्छ र ज्ञानले मात्र दूरदर्शीता हुन्छ ।सधै आफ्नो बथानको कसरी संरक्षण, सुरक्षण र विकास गर्ने भन्ने सोच बिचार गरी अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना तयार गर्नु पर्छ । दूरदर्शीताले मात्र सफल योजना तर्जुमा गर्न सकिन्छ र राम्रो योजना तर्जुमा गर्नु नै आधा कार्य सम्पादन गर्नु हो भनिन्छ ।हरेक काम गर्दा समस्या तथा चुनौतिहरुसंग सामना गर्नु पर्छ । बिपद व्यवस्थापनको लागि योजना हुनु पर्छ ।त्यसै अनुसारको जनशक्ति व्यवस्थापन तथा परिचालन गर्ने सिप हुनु पर्छ । नेतृत्व गर्ने क्षमताको जनशक्तिको विकास र पहिचान गर्न सक्ने क्षमता हुनु पर्छ ।
४. गोठालोलाई आवश्यक पर्ने आधारभूत ज्ञान सम्बन्धी विषयवस्तुहरु
१.खर्क र प्राकृतिक श्रोतको अन्तर सम्बन्ध
२.प्राकृतिक श्रोतको संरक्षण र उपयोग सम्बन्धी मौजुदा नीति तथा कानूनी व्यवस्था
३.खर्क व्यवस्थापन तथा खर्कमा देखा परेका समस्या समाधानका उपायहरु
४.चरन खर्कमा रहेका जडीबुटी र अन्य विरुवाहरुको संरक्षण विधि
५.चरन खर्क क्षेत्रमा आवश्यक पूर्वाधार तथा सामाग्री व्यवस्थापन
६.स्थानीय र उन्नत घाँसको संरक्षण र विकास
७.विषालु तथा अनुपयोगी बिरुवा नियन्त्रण तरिका
८.पशु प्रजनन व्यवस्थापन
९.पशु स्वास्थ्य व्यवस्थापन
१०. हेरचाह व्यवस्थापन
११.प्राकृतिक प्रकोप र वातावरणीय प्रभाव न्यूनिकरणका उपायहरु
५. निष्कर्ष
गोठालोको अर्थ संकिर्ण भन्दा पनि वृहत अर्थमा बुझ्नु आवश्यक छ ।पशुपालनमा अझै पनि बुझेर लागेकाहरुको जमात भन्दा नबुझेर लागेकाहरुको जमात नै ठुलो रहेको छ ।अरुको देखासिकीबाट अगाडि बढ्नु भन्दा आफूले अध्ययन गर्ने, अवलोकन गर्ने र त्यसपछि मात्र निर्णय लिएर पशुपालन व्यवसाय अवलम्वन गर्नु आजको आवश्यकता हो ।
आजकल अधिकाँश पशुपालन गर्न चाहने व्यक्तिहरुले सबै भन्दा पहिला गोठ बनाउने त्यसपछि पशु ल्याउने र पशुको लागि कति र कस्तो आहारा आवश्यक पर्दछ एकिन नगरी नै पालन सुरु गर्ने र त्यसपछि आत्तिने वा पछुताउनेको कमी छैन । पशुपालनमा पशुको राम्रो नश्ल, राम्रो आहारा, राम्रो व्यवस्थापन, राम्रो बजार व्यवस्थाको साथै फार्ममा काम गर्ने कर्मचारी वा कामदार पनि त्यतिकै राम्रो हुनु पर्दछ ।फार्ममा कामगर्ने कर्मचारी वा कामदारहरुलाई उच्च मनोवल तथा उत्प्रेरित गर्नु त्यतिकै महत्वपूर्ण छ ।
असल गोठालोको भूमिका निर्वाह गर्नु आजको आवश्यकता भएकोले पशुपालन सम्बन्धी शिप र ज्ञान हुनु पर्दछ ।हरेक पशुपालन फार्म सञ्चालकले असल गोठालोको व्यवस्था गर्दा मात्र व्यवसायबाट उचित लाभ लिन सकिन्छ । गुणस्तरीय पशु तथा पशुजन्य उत्पादनको लागि असल पशुपालन अभ्यास (Good Husbandry Practice-GHP) र असल उत्पादन अभ्यास (Good Manufacturing Practice-GMP)तालीमको खाँचो रहेको छ ।
विल रोजर्सका अनुसार संसारमा उत्तम डाक्टर भने कै पशुचिकित्सक हुन । तिनीहरु आफ्ना विरामीहरुलाई नसोधिकनै के भएको हो थाहा पाउछन ।”The best doctor in the world is the veterinarian. They can’t ask their patients what is the matter – they’ve got to just know. ” Will Rogers
उपर्युक्तभनाईलाईसार्थकतुल्याउनेमाध्यमपनिगोठालोनैहो।किनभनेपशुचिकित्सकलेविरामीपशुकोइतिहास(Case History) गोठालोसंग लिई रोग निदान गर्न सफल हुन्छन ।यसबाट पनि गोठालोको भूमिका स्पष्ट हुन्छ ।हरेक पशुपालन फार्ममा काम गर्ने गोठालालाई गोठाला शिक्षा प्रदान गर्नु आजको आवश्यकता हो ।पशुपालनबाट अपेक्षित प्रतिफल प्राप्त गर्नको लागि गोठालोले आफ्नो भूमिका सफलता साथ निर्वाह गर्न सक्नु पर्दछ ।गोठालोलाई सक्षम बनाउनको लागि सबै स्थानीय तहले गोठालो शिक्षा अभियान सञ्चालन गर्नु अपरिहार्य छ।
सन्दर्भ ग्रन्थहरु
- ज्ञवाली, डा. रेशमराज र अर्याल, हेमलाल (२०७२) गोठाला शिक्षा, जिल्ला पशु सेवा कार्यालय जुम्ला
- https://dailyliving4jesus.wordpress.com/2011/04/08/characteristics-of-a-good-shepherd/
- Russell,Bob (9 April,2013)
- https://www.biblicalleadership.com/blogs/characteristics-of-a-good-shepherd/
(लेखक राष्ट्रिय पशुपन्छी श्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय हरिहरभवन ललितपुरमा पशु विकास अधिकृत पदमा कार्यरत हुनुहुन्छ ।)