शरिरमा पर्याप्त मात्रामा ‘भिटामिन डि’ भए कोरोना संक्रमणबाट मर्ने सम्भावना कम

शरिरमा पर्याप्त मात्रामा ‘भिटामिन डि’ भए कोरोना संक्रमणबाट मर्ने सम्भावना कम

  • शनिबार, अशोज १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

एजेन्सी ।
कोरोना संक्रमित मान्छे जसको शरिरमा पर्याप्त मात्रामा ‘भिटामीन डि’ रहेको छ , उसको मृत्युको जोखिम ५२ कम रहेको एक अध्ययनले देखाएको छ ।
अमेरिकास्थीत बोस्टन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अध्ययन गर्दा सो कुरा पत्ता लगाएका हुन् ।

अनुसन्धानकर्ताहरूले अध्ययनका क्रममा ‘भिटामीन डि’ को मात्रा पर्याप्त भएका बिरामीहरु अस्पताल भर्ना भएपछि मृत्युको सम्भावना कम रहेको जनाइएको छ । सोही समयमा गम्भीर बिरामी पर्ने जोखिम पनि’ भिटामिन डी’ को कारण १३ प्रतिशत कम पाइएको थियो।

अध्ययनको क्रममा, ‘भिटामिन डि’ को मात्रा बढि भएका बिरामीहरुलाइ भेन्टिलेटरमा राख्नु पर्ने आवश्यकता पनि ४६ प्रतिशतले घटेको थियो। वैज्ञानिकहरूले भने कि भिटामिन डीले कुनै व्यक्तिको प्रतिरक्षा प्रणालीमा महत्त्वपूर्ण भूमिका खेल्छ, जसको कारण कोरोना बिरामीहरूलाई फाइदा पुग्छ ।

बोस्टन विश्वविद्यालयका माइकल हल्लीकले एक अनुसन्धानमा पर्याप्त मात्रामा ‘भिटामिन डी ‘भएका मानिसहरूलाई कोरोना भाइरस संक्रमण हुन सम्भावना ५४ प्रतिशत कम रहेको पत्ता लगाएका हुन् ।

अघिल्लो अध्ययनलाई अगाडि बढाउँदा वैज्ञानिकहरूले कोरोना बिरामीहरू र ‘भिटामिन डी’बीचको सम्बन्धको बारेमा नयाँ जानकारी प्राप्त गरे। हल्लीकको टोलीले तेहरानको अस्पतालबाट २३५ कोरोना बिरामीहरूको नमूना लिए। जसलाइ परिक्षण गर्दा ६७ प्रतिशत संक्रमितमा ‘भिटामिन डि’को मात्रा भन्दा कम थियो ।

विज्ञहरू भन्छन अन्य रोगसँग संघर्ष गरिरहेका मानिसहरूमा पनि ‘भिटामिन डी’को मात्रा कम छ, त्यसैले ‘भिटामिन डी’को कमी नभएको खण्डमा कति जनालाई बचाउन सकिन्थ्यो भनेर स्पष्ट भन्न गाह्रो छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी