१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

१६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

  • सोमवार, अशोज ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौँ , ५ असोज ।
१६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६ वर्ष उमेरका ७.७ प्रतिशत किशोरकिशोरी बढी मानसिक समस्यामा पर्ने गरेको देखिएको परिषद्का कार्यकारी निर्देशक डा.प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

तिमध्ये किशोरीमा ५.३ प्रतिशत र किशोरमा पाँच प्रतिशत मानसिक समस्या देखिएको छ । परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा प्रदेश नंं १ का किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको छ । त्यहाँका ११.४ प्रतिशत किशोरकिशोरीमा समस्या देखिएको उहाँले बताउनुभयो ।

यस्तै ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक समस्या, ०.६ प्रतिशतमा उदासिनता, ३.९ प्रतिशतमा आत्महत्याको सोच र ०.७ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै ०.६ प्रतिशतमा मादक पदार्थलगायत अन्य कुनै प्रकारको नसालु पदार्थको सेवनका कारण मानसिक समस्या आउने गरिएको उल्लेख गरिएको छ ।

सर्वेक्षणमा २३ प्रतिशत वयस्क युवाले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । सहयोग प्रदायक व्यक्ति वा चिकित्सकमध्ये ६.५ प्रतिशत मनोचिकित्सक, ८.८ प्रतिशत अन्य विशेषज्ञता भएका चिकित्सक र ६/७ प्रतिशत जोखाना हेर्ने, पूजाआजा गर्ने र धामीझाक्री लगाउने गरेको पाइएको छ ।

यस्तै वयस्कमा सबैभन्दा बढी वागमती प्रदेशका ५ं.९ प्रतिशत मानसिक समस्यामा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । उमेर समूहमा (४० देखि ४९ ) वर्षका बयस्क ६.३ प्रतिशत मानसिक समस्या र तिमध्ये महिला ५.१ प्रतिशत र पुरुष ३.४ प्रतिशत रहेका छन् ।

सर्वेक्षणमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि समस्यामा रहेको पाइयो । यस्तै तीन प्रतिशत वयस्क उदासिनताका, ६.५ प्रतिशतमा हालको अवस्थामा आत्महत्याको सोच र १.१ प्रतिशतमा आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको सर्वेक्षणमा पाइएको परिषद्का कार्यकारी निर्देशक डा। ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै ४.२ प्रतिशत वयस्कमा मादक पदार्थ सेवन गरेका कारण र ०.२ प्रतिशत नसालु पदार्थ सेवन गरेका कारणले मानसिक समस्यामा पर्ने गरेको उल्लेख छ । परिषद्ले सन २०१९ जनवरीदेखि सन् २०२० जनवरीसम्म सातवटै प्रदेशमा १५ हजार ८८ जनामा सर्वेक्षण गरेको थियो । तिमध्ये पाँच हजार ८८८ जना १३ देखि १७ वर्ष उमेर समूहका र नौ हजार २०० जना १८ वर्ष माथिका वयस्क थिए ।
रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी