एजेन्सी, १९ भदौ । अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अत्यन्त घातक रहेको निष्कर्ष निकालेको छ ।
दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोलीले गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घातक हुनसक्ने देखाएको हो ।
प्रशोधित र रातो मासुले मुटुलाई असर पार्ने तत्वहरुको बृद्धि गर्ने गरेको अध्ययनले देखाएको अध्ययनकर्ताहरुले बताएका छन् । त्यस्ता तत्वहरुले मुटुसँगै नशा सम्वन्धी र चिनीरोग सम्वन्धी समस्यामा पनि नकारात्मक असर पार्ने अध्ययनको निष्कर्ष छ ।
अध्ययन टोलीका अनुसन्धानकर्ता डा। पेर्माल डेओका अनुसार भन्नुभयो, “रातो मासुलाई रोष्ट बनाउने, भुटन बनाउने, अत्यधिक तापमा पकाउनेलगायतका प्रक्रियाबाट बनाएर खाएमा विभिन्न प्रकारका रोगीहरुलाई हानी पुर्याउने देखिएको छ ।”
रासस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline