रौतहटका पुजारीका हत्यारालाई कार्बाही गर्न विश्व हिन्दु परिषद्को माग

रौतहटका पुजारीका हत्यारालाई कार्बाही गर्न विश्व हिन्दु परिषद्को माग

  • शनिबार, भदौ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

भाद्र ५, काठमाण्डौ । रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नं. २ खेसरहीया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनाको विश्व हिन्दू परिषद नेपालले भत्र्सना गर्दै कार्बाहकिो माग गरेको छ ।
देशभरका जिल्ला प्रशासन कार्यलयहरुमार्फत ज्ञापन पत्र बुझाउदै परिषद्ले कार्बाहीको माग गरेको हो ।
त्यस्तै राष्ट्रिय समितिले राष्ट्रपति, प्रधानमंत्री तथा गृहमन्त्री समेतलाई सोही दिन ईमेल मार्फ़त ज्ञापन पत्र बुझाएको थियो।

परिषदले घटनाको कडा निन्दा गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण र हत्यामा संलग्न अपराधीलाई यथासिघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारबाहीको माग सहित मृतक सन्तलाई शहिद घोषणा लगायतका माग सहित प्रमुख जिल्ला अधिकारीहरु मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

सो ज्ञापनपत्र बुझाउने क्रममा विश्व हिन्दु परिषद नेपालका जिल्ला स्तरीय पदाधिकारी एवं कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकै बाट कन्चटमा गोली हानेका थिए।

कहिले मठ(मन्दिर माथि आक्रमण, कहिले पूजापाठ हुने ठाउँमा गैर हिन्दूहरुको अनावश्यक चलखेल,सरकारी एवं गैर सरकारी निकायको मिलिमतोमा धर्म परिवर्तन र राजनीतिक दलका नेताहरुको हिन्दू बिरोधी अभिब्यक्ति सनातन धर्म माथि बारम्बार प्रहार हुनु आफैमा चिन्ताजनक रहेको छ। ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ