महिलाको आमा बन्ने सही उमेर २० बर्षदेखि ३० बर्ष !

महिलाको आमा बन्ने सही उमेर २० बर्षदेखि ३० बर्ष !

  • बुधबार, साउन २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 21K
    SHARES

एजेन्सी साउन २१ । पहिला धेरै सानो उमेरमा बिबाह गर्ने चलन थियो नेपालमा पनि । धेरै कम उमेरमा बच्चा जन्माउदा धेरै महिलाहरुको ज्यानै जोखिममा पर्ने गरेको छ ।
अर्कोतिर आज भोली करियर या विभिन्न नाममा महिलाहरुले ढिलो बिबाह गर्ने चलन पनि बढेको छ । के बढी उमेरमा बिबाह र बच्चा जन्माउनु पनि सही नै होला त ?
यसमा समाजमा विभिन्न धारणा र तर्कहरु रहेका छन् ।
तर वैज्ञानिक अनुसन्धानले महिलाहरुले आमा बन्ने सही उमेरका बारेमा केही निष्कर्षहरु निकालेका छन् । जस अनुसार २० बर्षको अन्तिम समयदेखि ३० बर्षको शुरुवात सम्म महिलाको बच्चा जन्माउने सही उमेर हो ।
यो समयमा शिशु जन्माउदा आमा बच्चा दुबैलाई फाईदा हुन्छ ।
महिलाको पुरा उमेरभरीमा २० लाख एग तयार हुन्छ । तर जब ३७ बर्षको उमेर हुन्छ तब २५ हजार मात्र एग बाँकी रहन्छ भने ५१ बर्षमा यो घटेर केवल एक हजार हुन्छ । साथै एगको क्वालीटी पनि उमेर बढ्दै जादा कमजोर हुदै जान्छ ।
एन्ड्रोमेट्रियसिस् र ट्युबल रोगका कारण महिलाको प्रजनन क्षमतामा नकारात्मक असर पर्छ र उमेर बढ्दै जादा प्रजनन् क्षमतामा पनि ह्रास आउछ ।
३२ बर्षको उमेर पछि नै महिलाको प्रजनन् क्षमता घट्न शुरु हुन्छ ।
धुम्रपान, रेडिएसन, किमोथेरापी जस्ता उपचार र समस्याले महिलाको प्रजनन् क्षमता घट्छ ।
अध्ययन अनुसार शारीरीक रुपमा आम बन्न तयार भए पनि महिलाहरु आर्थिक एवं भावनात्मक रुपमा तयार नहुन सक्छन् ।
सबै भन्दा प्रमुख कुरा आमा बन्न चाहने महिलाहरुले धुम्रपान गर्न बन्द गर्नु पर्दछ यसले मिसक्यारेज हुने संभावना बढी हुन्छ ।
सन्तुलित भोजन खाने र मदिरापान पनि छाड्नु जरुरी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी