चिनौ आफ्नो माटो, बनाऔं आफनै नगर : नमोबुद्ध नगरपालिकाको रोजगार र उत्पादनमुखी कृषि नीति यस्ता छन्

चिनौ आफ्नो माटो, बनाऔं आफनै नगर : नमोबुद्ध नगरपालिकाको रोजगार र उत्पादनमुखी कृषि नीति यस्ता छन्

  • बुधबार, साउन १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

साउन १४ काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिकाले कोरोनाबाट उत्पन्न प्रभाव, रोजगारी सृजना एवं उत्पादन वृद्धि लगायतका क्षेत्र समेटेर महत्वपूर्ण कृषि तथा पशुपन्छी विकासका लागि नीति तथा कार्यक्रम अघि सारेको छ ।
आर्थिक बर्ष ०७७÷७८ का लागि तय भएको कार्यक्रम अनुसार कोरोना भाईरसको महामारीका कारण विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषि सम्बन्धि अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपंक्षी विषयमा अध्ययन पुरा गरी बेरोजगार रहेका युवाहरुलाई र कृषि तथा पर्यटन विकासमा लगानी गर्न चाहने व्यक्ति वा समुहहरुको प्रस्तावनाको आधारमाम्याचिङ्ग अनुदानको व्यवस्था गरी कृषि पेसालाई उत्पादनमा जोड्न विशेष रोजगार, आयमुलक ूकोबिड विशेष कृषि कार्यक्रमू गरिने नीति कार्यक्रममा उल्लेख छ ।

ूचिनौ आफ्नो माटो, बनाऔं आफनै नगरू भन्ने नारा दिएर माटो परीक्षण गरी ठाँउ अनुसारका बाली नाली लगाउने, हरेक घरमा प्राविधिक पुर्याउने, एक गाँउ एक उत्पादनको नीति लागू गर्ने जस्ता कार्यक्रम अघि सारिएको छ ।

यस्तै सामूहिक कृषि प्रणालीलाई प्रोत्साहन गर्न ५० रोपनी वा सो भन्दा बढी क्षेत्रमा खेती गर्ने सहकारी, समुह वा फर्म तथा ३० वा सो भन्दा बढी गाई वा भैसी पालना गरी दुध उत्पादन गर्ने र ७० वा सो भन्दा बढी बाखापालन, पशु चौपायापालन गर्ने कृषक समूह, फर्म तथा सहकारीलाई विशेष अनुदान उपलब्ध गराइने पनि नीति तय भएको छ ।
ूरहन्न बाँझो जमिन गरिन्छ प्रयोगस् अर्गानिक उत्पादनमा हुन्छ नगरको सहयोगू नारा सहित बाँझो जमिनको उपयोग जस्ता महत्वपूर्ण कार्यक्रम अघि सारीएको छ ।
यस नीति तथा कार्यक्रम लागू हुदा स्थानीयवासीमा रोजगारी, उत्पादन, बजारीकरण आदिमा नगरले सहजिकरण देखि अनुदान एवं बजारीकरण सम्म मद्धत पुर्याउने छ ।

हेर्नुस् नीति कार्यक्रमको पूर्ण पाठः

नमोबुद्ध नगरपालिकाले कृषितथापशुपन्छीविकासकालागिआ.व. ०७७÷७८ का लागिलिइएको
नीति तथा कार्यक्रम
१. कृषि तथा पशुपन्छी विकास नीति:
कोबिड-१९ कोरोना भाईरसको महामारीका कारण विदेशबाट फर्किएका वा स्वदेशमा रहेका तथा कृषि सम्बन्धि अनुभव, ज्ञान र सीप बटुलेका कृषि र पशुपंक्षी विषयमा अध्ययन पुरा गरी बेरोजगार रहेका युवाहरुलाई र कृषि तथा पर्यटन विकासमा लगानी गर्न चाहने व्यक्ति वा समुहहरुको प्रस्तावनाको आधारमाम्याचिङ्ग अनुदानको व्यवस्था गरी कृषि पेसालाई उत्पादनमा जोड्न विशेष रोजगार, आयमुलक ूकोबिड विशेष कृषि कार्यक्रमू गरिनेछ ।
– नमोबुद्ध नगरपालिकाभित्र उपलब्ध हुने निर्माण, सेवा व्यवसाय, उद्योग, कृषि लगायतका क्षेत्रका रोजगारदाताका साथै संघीय सरकार र प्रदेश सरकारको सहयोग, सहकार्य र समन्वयमारोजगारी प्रदान गर्न सहजीकरण गरिनेछ।
– भू–उपयोग नीति तयार गरी सोही अनुरुप नगरको भू–बनोट तथा हावापानीलाई मध्यनजर गर्दै कृषि बालीहरुको पकेट क्षेत्र निर्धारण गरी कृषियोग्य भुमिको संरक्षण र उत्पादन वृद्धि गर्नकालागि केन्द्रीय सरकारको नीति अनुरुप ूसम्पूर्ण जग्गाको पहिचान र वर्गीकरणस् कृषियोग्य जग्गामा उत्पादन र संरक्षणू अभियान अनुसार जैविकतथा अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहित गरिनेछ।
– चिनौ आफ्नो माटो, बनाऔं आफनै नगर अभियान सञ्चालन एवम् माटो परीक्षण शिविरहरु सञ्चालन गरी माटो र हावापानी अनुकूल अन्न तथा नगदे वालीहरुको उत्पादनमा नगरबासीहरुलाई प्रोत्साहित गरिनेछ।
– कृषि उपज तथा कृषि जन्य उत्पादनमा आत्मनिर्भर बनाई कृषि उद्यमशीलताको प्रवर्द्धन गर्न मल, वीउ, किटनाशक औषधीको उपलब्धता, उत्पादित बस्तुको भण्डारण तथा प्रशोधन र बजार व्यवस्थामा सहजीकरण गर्न र सिँचाई सुविधा प्रवर्द्धन गर्न आवश्यक बजेट विनियोजन गरिनेछ।
– किसानको न्युनतम लागत सहभागिता सुनिश्चित गर्दै पशु तथा कृषि विमा कार्यक्रमलाई नगरका सवै वडामा यसै वर्ष देखि लागु गरिनेछ।
– संघीय सरकारको सहयोग र समन्वयमा नगरपालिका क्षेत्र भित्र उत्पादित कृषि उपजको विषादी परीक्षण कार्यको सुरुवात गरी अर्गानिक कृषि उपजलाई नमोबुद्ध ब्रान्डले ब्राण्डीङ्ग र प्याकेजिङ्ग गरी ब्रिक्री वितरणमा सहजीकरण गरिनेछ।
– सबै वडामा प्राविधिकको सेवा प्रदान :  पशुको कृतिम गर्भाधानू लाई प्राथमिकताका साथ अगाडि बढाईने छ । पशुसेवा प्राविधिकको संख्यामा वृद्धि गरी पशुपन्छी सेवामा पशुपालक कृषकको पहुँच विस्तार गरिनेछ।
-नमोबुद्ध नगरपालिकाको पहिलो प्राथमिकता, कृषकको घरदैलोमा प्राविधिक सेवा कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी प्राविधिक जनशक्तिको व्यवस्था मिलाईनेछ।
– “एक गाउँ एक उत्पादन” कार्यक्रम सञ्चालन गर्न विभिन्न संघ संस्थासँग समन्वय गरी आवश्यक प्राविधिक तालिम प्रदान गरिनेछ।
– मौरी पालन कार्यलाई प्रवर्द्धन गर्न प्रोत्साहनको व्यवस्था मिलाईनेछ।
– सामूहिक कृषि प्रणालीलाई प्रोत्साहन गर्न ५० रोपनी वा सो भन्दा बढी क्षेत्रमा खेती गर्ने सहकारी, समुह वा फर्म तथा ३० वा सो भन्दा बढी गाई वा भैसी पालना गरी दुध उत्पादन गर्ने र ७० वा सो भन्दा बढी बाखापालन, पशु चौपायापालन गर्ने कृषक समूह, फर्म तथा सहकारीलाई विशेष अनुदान उपलब्ध गराइनेछ।
– निजी क्षेत्रको सहकार्यमा आधुनिक पशुपंक्षी बधशाला तथा कोल्डस्टोर स्थापनाकालागि पहल गरिनेछ । यस नगरपालिका भित्र उत्पादन भएका कृषिजन्य, दुग्धजन्य तथा मासुजन्य उपजको सम्बन्धित क्षेत्रका व्यवसायीहरुसँग समन्वय गरी सङ्कलन, प्रशोधन तथा ब्राण्डिङ्ग गरी बजारीकरण गरिनेछ।
– नगरपालिका भित्र उत्पादित तरकारी तथा फलफुलजन्य उपजहरु सङ्कलनकालागि भकुण्डे बजारमा स्थापित कृषि उपज सङ्कलन तथा भण्डारण केन्द्रलाई थप व्यवस्थित गरी उक्त केन्द्रमा शीत भण्डारको समेत व्यवस्था मिलाईनेछ र आवश्यकता अनुसार अन्य क्षेत्रमा पनि सङ्कलन केन्द्र विस्तार गरिनेछ।
– कृषिमा उद्यमशिलता : आजको आवश्यकताूयुवाहरुलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्न तरकारी खेती, मत्स्यपालन, पुष्प व्यवसाय, च्याउ खेती, नर्सरी लगायतका विषयहरुमा युवा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ।
– प्रदूषणजन्य उद्योग विस्थापन भएका क्षेत्र लगायतका अन्य कृषियोग्य जमिनमा व्यवस्थित कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न डिप बोरिंङ्ग लगायतवीउ र उपकरणमा अनुदानलाई निरन्तरता दिई प्रदुषण मुक्त नगरस् कृषि शहर को रुपमा विकासगरिनेछ।
– कृषिकालागि सिंचाइको व्यवस्था गर्न नगर क्षेत्रमा रहेका र सिंचाईका सम्भावना भएका सबै खोलाहरुमा प्राविधिक प्रतिवेदनका आधारमा नजिकैको दुरीमा बाँध निर्माण गरी पानी सङ्कलन गराउनुका साथै आकाशे पानी सङ्कलन गर्न प्लास्टीक पोखरी, स्थायी पोखरी, लिफ्टिङ आदि कार्यलाई प्राथमिकताका साथ क्रमशस् अगाडि बढाइनेछ।
– प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत नगरपालिका भित्रका केही क्षेत्रलाई मकै ब्लक तथा आलु सुपर जोन कार्यक्रमलाई प्राथमिकता र प्रभावकारी ढंगले नगरपालिकाको अपनत्व रहने गरीकार्यान्वयन गर्ने नीतिलिइनेछ र अन्य उपयुक्त क्षेत्रमा तरकारी तथा फलफुलको पकेट क्षेत्र विस्तार गरिनेछ।
– परम्परागत र निर्वाहमुखी खेतीको विकल्पमा कृषकहरुलाई आधुनिक र सामूहिक कृषि प्रणाली अबलम्बन गर्न प्रेरित गर्दै त्यसकालागि सीप, ज्ञान र प्रबिधि उपलब्ध गराउन आबश्यक तालिमको व्यवस्था गरिनेछ।
– “एक घर एक अर्गानिक करेसाबारी”को अवधारणा विकास गरी अर्गानिक तरकारी उपभोगकालागि कृषकहरुलाई प्रोत्साहित गरिनेछ।
-ड्रागन फुट लगायतका विशिष्ट प्रजातिका वदाम, कागती, किवी जस्ता उच्च मूल्यका फलफूलको खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाईनेछ।
– विभिन्न संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी फलफुलका विरुवा रोपण गरी नगरबासीको आय आर्जन बढाउने र पोषणमा सुधार ल्याउने कार्यको सुरुवात गरिनेछ।
– किसान-२ परियोजना, सिप्रेड र गैह सरकारी क्षेत्रबाट संचालित कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
– रहन्न बाँझो जमिन गरिन्छ प्रयोग:अर्गानिक उत्पादनमा हुन्छ नगरको सहयोग भन्ने सोचलाईआत्मसात गर्दैबाँझिदै गएको खेतीयोग्य जमिनलाई अर्गानिककृषिउपजको उपादनकालागि उपयोगमा ल्याउनकृषकहरुसँग सहकार्यमा विशेष प्याकेजको प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। बाँझो रहेका जग्गाहरुको एकिकृत तथ्याङ्क सङ्कलन गरी सोको पूर्ण उपयोगको व्यवस्था मिलाउन संघीय सरकार र प्रदेश सरकारको भुमि बैंकको अवधारणा कार्यान्वयन गर्न सहजीकरण गरिनेछ। यस्ता कार्यलाई प्रोत्साहन गर्न कर सहुलियत तथा अनुदान लगायतका व्यवस्था मिलाईनेछ।
– “भूमी बैँक मार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, नमोबुद्धको आर्थिक समृद्धिʺभन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरि सामुहिक खेति, करार खेति र व्यवसायिक खेति गर्ने प्रबन्ध मिलाईनेछ। करार खेति गर्नको लागि जग्गा लिजमा लिदा जग्गा वहाल कर मिनाहा गर्ने नीति अवलम्बन गरिएको छ।जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्नको लागि जग्गाधनिले जग्गा बाझो राखेमा बाझो रहेको जग्गा भूमि बैँकले लिजमा दिन सक्ने नीति लिईएको छ । कृषियोग्य जमिनमा बस्ति विकास र शहरिकरण लाई निरुत्साहित गरि व्यवसायिक कृषि मार्फत उत्पादन र उत्पादकत्वमा अभिवृद्धि गरिनेछ। शुन्य उपयोगबिहिन भूमिको नीति अवलम्बन गर्दै सडक छेउ, नदि, खोला किनारको जग्गा र उपयोग विहिन सार्वजनिक जमिनमा टोल विकास संस्था मार्फत आफ्नो टोलमा फलफुल लगायतका नगदे बालीको विरुवा रोप्ने र त्यसरी रोपिएका विरुवाको उत्पादनको हकभोग समेत टोल विकास संस्थाले गर्ने व्यवस्था मिलाईनेछ।
– सरकारी, सार्वजनिक र गुठी जग्गा रहेका अतिक्रमण हटाई संरक्षण र उपयोग गर्न नगरबासीहरुको समन्वयमा ूसमुदायको सक्रियता र जागरण: सरकारी, सार्वजनिक, गुठी जग्गाको संरक्षणू अभियान सञ्चालन गरिनेछ।
– छाडा गाई, गोरु लगायतका चौपाया जनावरहरु छोड्ने कार्यलाई निरुत्साहित गरी सोको व्यवस्थापनकालागि विभिन्न संघसंस्थाहरुको सहकार्यमा पशुपंक्षी संरक्षण केन्द्रको निर्माणमा सहयोग, समन्वय र सहकार्यगरिनेछ।
– सिप्रेडको सहयोगमा निर्माण भएको नमोबुद्ध डिजिटल कृषि मोबाइल एप्सलाई प्रभावकारी बनाइनेछ।
– आगामी दुई वर्ष भित्र ठूलो संख्यामा कृषकहरुलाई व्यबसायिक बनाई मासु, अण्डा तरकारी र कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाइनेछ।
– जडीबुटी लगायतका विशिष्ट प्रजाति विरुवाको उत्पादनको “विशिष्टीकृत उत्पादन क्षेत्र” निर्धारण गर्ने कार्यलाई विस्तार गर्दै लगिने छ।व्यवासायिकिकरण, आधुनिकीकरण, यान्त्रिकीकरणका र औधोगिकरणका लागि सामुहिक खेति प्रणालीलाई प्रोत्साहन गरिनेछ।
– नमोबुद्ध नगरपालिका क्षेत्र भित्र उत्पादन हुने दुध र दुधजन्य पदार्थलाई प्रवर्द्धन तथा विकास गर्न सङ्कलन केन्द्रको निर्माण गरि सुविधायुक्त रुपमा यान्त्रीकरण लगायतका कार्यक्रमहरु विभिन्न संघसँस्थाहरुसँग सहकार्य, समन्वय र सहयोग गरी संचालन गरिनेछ।
– नमोबुद्ध नगरपालिका क्षेत्र भित्र दुधबाट उत्पादन हुने खुवालाई नमोबुद्धको ब्रान्डको रुपमा प्रवर्द्धन र प्रोत्साहन नमोबुद्ध परिसर र भकुण्डेबेशीमा गरिनेछ।
– टनेलाखेति गर्ने कृषकलाई प्रवर्द्धन र प्रोत्साहनगरिनेछ।
– कृषि उपज संकलन तथा वितरण घुम्ती सवारी साधनविभिन्न संघसँस्थाहरुसँग सहकार्य, समन्वय र सहयोगमा संचालन गरिनेछ।
– वातावरण तथा प्रविधिमैत्री पशु हाट बजार तथा बधशाला विभिन्न संघसँस्थाहरुसँग सहकार्य, समन्वय र सहयोगमा निर्माण गरिनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी