सरकार हामीलाई कि खाना दे , कि ट्याक्सी चलाउन दे  (भिडियो सहित )

सरकार हामीलाई कि खाना दे , कि ट्याक्सी चलाउन दे  (भिडियो सहित )

  • मङ्लबार, असार १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 24.3K
    SHARES

काठमाडौँ असार १६ । सरकार हामीलाई खाना दे , ट्याक्सी चलाउन दे । यस्तै नारा बानेश्वरमा रहेको यातायात व्यवस्था विभाग अगाडी ट्याक्सी चालक र व्यवशायीहरु नारा लगाउदै थिए ।
उनीहरुले रोगले भन्दा पनि भोकले मर्ने भयौँ भन्दै सरकार र यातायात मन्त्रीको राजीनामा पनि माग्न पछि परेनन् ।
संयौको संख्यामा ट्याक्सी लाईन लगाए पछि उनीहरु नाराबाजीमा उत्रिएका थिए ।
उनीहरु मध्य कतिपयले निजी सवारी साधन चल्न दिएको र तिनीहरुले पैसा लिएर मान्छे ओसारीरहेको दाबी गर्दै रातो प्लेटमा नसर्ने अनि कालो प्लेटमा सर्ने कस्तो कोरोना हो ? डिग्रि पास गरेर ट्याक्सी चलाउन आईपुगेका व्यवशायी बोहरा अंकलले  प्रश्न गरे ।
कोरोना महामारीले चौतर्फी संकट ल्याईरहेका बेला ट्याक्सी व्यवशायी समेत मारमा परेका छन् । उनीहरुले यस अघि ट्याक्सी चलाउन दिन माग गरेका थिए ।
तर सरकारले नसुनेको भन्दै आज सडकमा उत्रिएका छन् । सयौ ट्याक्सी सहित उनीहरु बानेश्वरको यातायात व्यवस्था विभागमा धर्ना दिदै ट्याक्सीको चाबी बुझाएका छन् ।
उनीहरुले अब पनि माग सुनुवाई नगरे उपत्यकामा भएका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने चेतावनी पनि दिएका छन् ।

ट्याक्सी व्यवसायीहरुले रोगले नभइ भोकले मर्ने अवस्था आएको भन्दै ट्याक्सी सञ्चालन गर्न दिन माग गरेको तर सम्बोधन नभएपछि आफूहरु आन्दोलन गर्न बाध्य बनेको व्यवसायीहरुले बताएका छन् ।

ट्याक्सी सन्चालन गर्न नपाउादा बैंकको किस्ता तिर्न समस्या भएको र बैंकले ट्याक्सी नै लिलाम गर्ने अवस्था आएकाले यातायात व्यवस्था विभाग मार्फत सरकारलाई चाबी बुझाएको उनीहरुले बताए ।

उनीहरुले ट्याक्सी मात्रै बुझाइएको तर सरकारले सम्बोधन नगरे उपत्यकामा भएका सबै ट्याक्सी सिंहदरबारमा लगेर बुझाउने चेतावनी दिएका छन् ।


उनीहरुले पछाडीको सिटमा दुई जना मात्र मान्छे राखेर स्यानीटाईजर र मास्कको प्रयोग गरी ट्याक्सी चलाउन पाउनु पर्ने माग गर्दै आएका छन् ।

भिडियाे हेर्नुहाेस् ।

https://www.facebook.com/sirjanatimsina/videos/264278334836500/

https://www.facebook.com/sirjanatimsina/videos/2959219867487975/

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ