एमसीसी पारित भईसक्नु पर्ने मिति भन्दा दुई दिन पर सम्म ससदको बैठक नै स्थगित गरिदिए सभामुखले !

एमसीसी पारित भईसक्नु पर्ने मिति भन्दा दुई दिन पर सम्म ससदको बैठक नै स्थगित गरिदिए सभामुखले !

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 42.8K
    SHARES

काठमाण्डौं असार १० । एमसीसी र सभामुखको प्रसंग अघिल्लो सभामुख कृष्ण बहादुर महराको पालादेखि नै जोडिएको थियो । महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुरव्यवहारको मुद्धामा पक्राउ गरिए पछि कान्तिपुर दैनिकलाई दिएको अन्तवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी टेबल गर्न सभामुखले असहयोग गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यस पछि महरा जेलबाट पाच महिनामा मुक्त भए पछि उनले धेरै कुरा रहेको र बिस्तारै खोल्दै जाने भनेर एमसीसी पारित नगर्दा फसाईएको हुन सक्ने संकेत गर्न खोजेका थिए ।
तर अहिले पार्टी पनि मौन , महरा पनि मौन छन् ।
त्यस पछि सभामुख कसलाई बनाउने भन्ने बिषयमा नेकपा भित्र निकै ठूलो बिबाद भयो । ओली सभामुखमा पूर्व सभामुख सुभाष नेम्वाङलाई बनाउन चाहने, त्यसै बीचमा पूर्व उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेको नाम पनि आयो तर अन्ततः प्रचण्डले अग्नी प्रसाद सापकोटालाई सभामुख बनाउन सफल भए ।
अहिले फेरी एमसीसी अनुमोदन गरिसक्नु पर्ने समय सीमा असार १५ भित्र थियो ।
तर सभामुख सापकोटाले ससदको बैठक १७ गते बस्ने गरी स्थगित गरे पछि नेकपा भित्र एमसीसीका पक्षधर नेताहरु असन्तुष्ट बनेको स्रोतको दाबी छ ।
एमसीसी १५ भित्र पारीत गर्न सरकार लागि परेका बेला सभामुखले बैठकनै पर धकेलिदिए पछि यसले थप अविस्वास पैदा गर्न सक्ने एक मन्त्रीको दाबी छ ।
सभामुख भए लगत्तै सापकोटामाथि एमसीसी के गर्लान् भन्ने जिज्ञासा बढेको थियो ।
सभामुखमा निर्वाचित भए पछि आफ्नो निर्वाचन क्षेत्र गृह जिल्ला पुगेर उनले राष्ट्रहित बिपरीत काम नगर्ने प्रतिवद्धता जनाएका थिए ।
अहिले एमसीसी राष्ट्रघाती छ भन्दै पार्टी भित्र, सडकमा पनि चौतर्फी बिरोध भईरहेका बेला एमसीसी टेबल गर्नुको साटो अनुमोदन भईसक्नु पर्ने समय भन्दा पर सम्म सदनै स्थगित गरे पछि एमसीसी पक्षधर नेकपाका नेताहरु नै सभामुखप्रति असन्तुष्ट बनेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक सभामुखले अब एमसीसी अनुमोदनका लागि टेबल गर्ने विस्वास व्यक्त गर्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ