नेपालमा कोरोनाका कारण ३ जना भन्दा बढीको मृत्यु भएको छैन : प्रधानमन्त्री ओली

नेपालमा कोरोनाका कारण ३ जना भन्दा बढीको मृत्यु भएको छैन : प्रधानमन्त्री ओली

  • बिहिबार, असार ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.3K
    SHARES

काठमाडौँ असार ४ । नेपालमा आधिकारीक रुपमा कोरोनाबाट मृत्यु भएका २० जना सबै कोरोनाका कारण नमारिएको प्रधानमन्त्रीले दाबी गरेका छन् । नेपालमा कोरोनाका कारण मृत्यु भएको संख्या बढीमा ३ रहेको हुनसक्ने प्रधानमन्त्रीको दाबी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म नेपालमा कोरोनाबाट २० जनाको मृत्यु भइसकेको तथ्यांक जारी गरीसकेको छ । तर प्रधानमन्त्री आफैले सरकारको आधिकारीक तथ्याकंको खण्डन गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले भने “२० जनाको निधन भएको छ तर उनीहरूको कोरोनाकै कारण निधन भएको होइन । एकाध, दुई, तीन केस हुनसक्छ कोरोनाकै कारणले निधन भएको । उनीहरूको अन्य बिमारीको कारणले मृत्यु भएको हुनसक्छ तर कोरोनाले छोएको हुनसक्छ । ” भने ।
नेपालको उपचार क्षमता र बिधिका कारण कोरोनाबाट कम मृत्यु भएको प्रधानमन्त्रीले दाबी गरे ।
नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै मृत्यु भएको भन्दै प्रधानमन्त्रीले नेपाल कोरोना संक्रमण र मृत्युमा दक्षिण एसियामा भुटानभन्दा मात्रै पछि रहेको दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ