लकडाउनले थलिएका किसानलाई अर्को संकट, खेतबारीमा फौजी किराको आतंक

लकडाउनले थलिएका किसानलाई अर्को संकट, खेतबारीमा फौजी किराको आतंक

  • सोमवार, असार १, २०७७
  • डम्मर राज भट्ट

  • 10.2K
    SHARES

कन्चनपुर , १ असार । कोरोना भाइरस संक्रमणको महामारी रोक्न सरकारले गरेको लकडाउनका कारण व्यवसाय थलिएका बेला किसानमाथि अर्को संकट आएको छ । कञ्चनपुरका किसानको खेतबारीमा अमेरिकन फौजी किराको आतंक सुरू भएको छ ।
मकै लगायतका नगदेबालीमा सिजनकै बेला फौजी किराको आतंक देखिएपछि किसानले क्षति व्यहोर्नुपर्ने अनुमान कृषि क्षेत्रका जानकारले गरेका छन् ।
सन् २०१५ मा पहिलोपटक अमेरिकामा देखिएको फौजी किरा हाल नेपाल प्रवेश गरिसकेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । २०७६ साउन २७ गते बसेको राष्ट्रिय बिरूवा संरक्षण संगठनको १९ औं बैठकले देशका विभिन्न स्थानहबाट संकलित नमूनाको डीएनए परीक्षणबाट नेपालमा फौजी किरा प्रवेश गरेको पुष्टि भएको थियो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्ट्ले फौजी किराले अण्डा पार्नुभन्दा पहिले ५०० किलोमिटर टाढासम्म उडेर जानसक्ने भएकाले धेरै क्षेत्रमा फैलिएको बताए । ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक जनक सिंहले अमेरिकन फौजी किराले सबैभन्दा बढी मकै लगायत ३५३ बालीनाली र बोटबिरूवामा नोक्सानी पुर्‍याउन सक्ने बताए ।
प्रमुख भट्टका अनुसार फौजी किराविरुद्ध किसानले जथाभाबी विषादीको प्रयोग गर्दा कृषिमा असर पर्ने भएकाले प्राविधिकको परामर्शमा प्रयोग गर्नु राम्रो हुन्छ । कृषिमा असर पुग्ने बताएका छन् ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा अमेरिकन फौजी किरा व्यवस्थापन गर्न जिल्ला स्तरीय सरोकारवालासगँ छलफल गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी