जनयुद्धले खाडीमा पुर्यायो, खाडीमै अस्तायो एउटा कमाण्डरको जीवन–लक्ष्मण चौलागाई,बिद्रोही

जनयुद्धले खाडीमा पुर्यायो, खाडीमै अस्तायो एउटा कमाण्डरको जीवन–लक्ष्मण चौलागाई,बिद्रोही

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • लक्ष्मण चौलागाई,बिद्रोही

  • 30K
    SHARES

जेष्ठ १३ काठमाण्डौं । जनमुक्ति सेनाका जाजरकोटका एक कमाण्डर संसारसेन पृथकको असामयिक रुपमा निधन भएको छ । शान्ति प्रकृयापछि स्वेच्छिक अवकाशमा निस्किएका पृथक लेखन क्षेत्रमा सक्रिय रहने गरेका थिए ।
उनकी जीवन साथी प्रतिज्ञा चौलागाई पनि जनमुक्ति सेनामै थिईन् । उनीहरु दुबै जना स्वेच्छिक अवकाशमा निस्किएका थिए ।
बैदेशिक रोजगारीका शिलशिलामा मलेशियाको क्वालालाम्पुरको केलाङ्ग लामामा रहेका बिर बहादुर नेपाली ‘संसारसेन पृथक’को मंगलबार राति ड्युटी सकेर ओछ्यानमा सुतेको अबस्थामा निधन भएको हो ।
समाज बदल्न जनयुद्धमा लागेर संघर्ष गरे पनि शान्ति प्रकृया र सेना समायोजन पछि राजनीतिक भूमिका नपाएका, नेतृत्वले धोका दिएको महसुस गरेका र बेरोजगार भएका हजारौ पूर्व लडाकु तथा युवाहरु रोजगारीका लागि बिदेशिन बाध्य छन् ।

पृथक पनि त्यही मध्यका एक हुन् । जनयुद्धको बिसर्जन पछि रोजगारीका निम्ती खाडी पुगेका पृथकको अन्तत: खाडीमै जीवन अस्तायो ।

जाजरकोट जिल्ला नलगाड नगरपालिका लहाँ गराग्ली हाल पारिवारिक रूपमा कोहलपुर -३ बाकेमा बसोबास गर्दै आएका महान जनयुद्धका बटालियन भिसी, ६ नम्बर डिभिजन घोराही ब्रिगेडबाट अवकाश प्राप्त योद्धा ,प्लाटुन कमाण्डर  प्रतिज्ञा चौलागाईंको जीवन साथी हुनुहुन्छ ।

६ नम्बर ब्रिगेड घोराहीबाट सन्सार सेनका दम्पत्तीले अवकाशको बाटो रोज्नुभयो। मुलुकमा गणतन्त्र ल्याइदिएर उहाँ रोजिरोटी र जिविकोपार्जनका लागि मलेसिया स्थित क्वालालम्पुरको सेलेन्डर राज्यको केलाङ भन्ने स्थानको एक कम्पनीमा सेक्युरिटी मजदुरको रूपमा कार्यरत हुनुहुन्थ्यो । हिजो दिनभर सामाजिक संजालमा सकृय उनै संसारसेन पृथकको गए राती असामायिक निधन भएको दु:खद खबर प्राप्त भएको छ ।

हिजो देश र जनताको लागि आफुलाई बलिवेदीमा समर्पित गरेका हजारौं योद्धाहरुको बाध्यता र विवशताको गन्तव्य खाडी भएको छ। त्यही खाडीले दिन प्रतिदिन हजारौं संसारसेनहरुलाई चितामा पुर्याएको विडम्बना बारे जिम्मेवार राज्य बेखबर छ।

देशको मुहार फेर्नेहरु खाडीको मुहार फेर्न विवश परिस्थितीले मुलुकको अवस्था परनिर्भरतामा आश्रित मात्रै भयो र योद्धाहरु मात्रै नभै ७० लाख युवायुवतीको पिडामा कयन पृथकहरु प्रतिनिधि उदाहरण बन्दै गरेको विडम्बनालाई गणतन्त्रले कहिले सम्बोधन गर्ला ?  मृतक कमरेड संसारसेन पृथकको मृत आत्मालाई हार्दिक श्रद्धाञ्जली !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी