भारतले कालापानीमा सेनाको संख्या थप्यो, नेपाली आकाशमा हवाई गस्ती

भारतले कालापानीमा सेनाको संख्या थप्यो, नेपाली आकाशमा हवाई गस्ती

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 39.3K
    SHARES

जेष्ठ १० काठमाण्डौं । भारतले दशकौ देखि कब्जा गरेको नेपाली भूमि कालापानी, लिपुलेक लिम्पियाधुरा क्षेत्रमा सिमा विवाद बढेसगैँ सेनाको संख्या थप्न शुरु गरेको छ । नेपालले कालापानी , लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गरेपछि त्यसलाई नमान्ने घोषणा गरेको भारतले ती क्षेत्रमा सेना सहितको सुरक्षाकर्मी थपेको हो । यद्यपि, कति संख्यामा सुरक्षाफौज थपिएको हो भन्ने कुराको एकीन भने नभएको नेपाली सुरक्षाअधिकारीहरुले बताएको आजको कान्तिपुर दैनिकले लेखेको छ ।

लिपुलेकको नेपाली भूमि गुञ्जीमै भारतीय सेनाको हेलिप्याड समेत रहेको छ । त्यस भूमिलाई आफ्नै दाबी गर्दै भारतले बलमिच्याई पुर्वक हडपेर नक्सा समेत सार्वजनिक गरे पछि नेपाल र नेपाली जनताले बिरोध गर्दै आएका छन् । नेपालले सिमा क्षेत्रमा बोर्डर आउटपोष्ट स्थापना गरी शसस्त्र प्रहरी परिचालन गरे पछि भारतीय सेनाले आकाशमा गस्ती बढाउनुका साथै सिमामा सुरक्षाकर्मी थपेको हो ।
ती क्षेत्रमा भारतले सेना र प्रहरी गरेर १० हजार बढी सुरक्षाफौज तनाथ गरेको यस अघि बताईएको थियो । नेपाली भूमिमा सन् १९६२ को चीनसगँको युद्धमा पराजीत भए पछि फर्किएर भारतीय सेना बसेको थियो । त्यतिखेर सहमतिमा बसेको भए पछि भारतले त्यसलाई आफ्नै भूमिको रुपमा प्रयोग गर्दै, आफ्नै भूमिमा जान नेपालीलाई रोक्ने कार्य गर्दै आएको छ ।
कतिपय भारतीय बुद्धीजीवीहरुले समेत कालापानी नेपालको भूमि भएको बताईरहदा भारतले त्यसलाई सन् २०१९ मा आफ्नै नक्सामा समेत पारेर मानसरोबर जाने बाटो उद्द्धाटन गरे पछि नेपालले त्यसको बिरोध गर्दै आएको छ ।

नेपालले केही दिन अघि ती क्षेत्र समेटिएको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि अत्तालिएको भारतले सिमामा सुरक्षा फौज मात्र थपेको छैन । नेपाली आकाशमा उसका सैन्य हेलिकप्टर समेत नियमित उडाएर नेपालीलाई तर्साउने प्रयास गरेको छ । दैनिक १२ देखि १५ पटक सम्म नेपाली आकाशमा भारतीय सेनाको हलिकप्टर उड्ने गरेको स्थानीयले बताएका छन् ।
भारतले व्यास गाउँपालिका–२ दुम्लिङपारि गर्वाधारदेखि लामरी, छियालेकलगायत क्षेत्रमा सुरक्षाकर्मीको संख्या थपेको स्थानीय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिले भारतले नेपालतर्फको सीमा क्षेत्रमा पैदल गस्ती पनि बढाएको छ । सीमा क्षेत्रको गस्तीमा ५र७ जना आउने ठाउँमा १०र१२ जना तथा दिनमा दुई पटक गर्ने ठाउँमा ४र५ पटक आउने गरेका छन् ।

भारतले पिथौरागढदेखि धार्चुला, छियालेक, गुन्जी तथा कालापानी क्षेत्रमा सुरक्षाकर्मीको ठूलो दस्ता राख्दै आएको छ । स्थानीयका अनुसार भारत–चीनको युद्धपछि भारतले पिथौरागढदेखि माथिल्लो क्षेत्रलाई सुरक्षा निगरानीमा राख्न ठूलो संख्यामा सैनिक क्याम्प राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ