विराटनगर बैशाख २७ । भारतले नेपाली भूमिमा सडक बनाएको विरोधमा विराटनगरवासीले भारतीय सिमा नजिक प्रदर्शन गरेका छन् ।
जोगबनी नाकावारि सीमानजिक युवा तथा सर्वसाधारणले लिपुलेक हुँदै भारतले मानसरोबर जाने सडक बनाएको भन्दै विरोध गरेका हुन् । स्वतन्त्र युवा समुह बिराटनगरको आयोजनामा उक्त प्रदर्शन भएको हो ।
प्रदर्शनपछि विराटनगर महानगरपालिका १७ मा विरोध सभा गरिएको थियो । सभामा बोल्दै समूहका अध्यक्ष हमिद आजाद लगायतले भारतीय अतिक्रमण निरन्तर भए पनि नेपाल सरकारले पहल नगरेकोमा विरोध जनाए ।
गो ब्याक इन्डिया भन्ने नारा घन्काउदै उनीहरुले सबैलाई खबरदारीमा जुट्न आग्रह पनि गरेका थिए ।
भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोले पछि यसको चौतर्फी बिरोध हुदै आएको छ ।
को हो । नेपाली पक्षसँग सल्लाहै नगरी एकतर्फी रुपमा निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय राजधानी दिल्लीबाट भिडियो कन्फरेन्समार्फत् उद्घाटन गरेका थिए ।