के पक्राउ पर्लान अब बस्नेत, श्रेष्ठ र खनाल ? काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक उजुरी दर्ता

के पक्राउ पर्लान अब बस्नेत, श्रेष्ठ र खनाल ? काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक उजुरी दर्ता

बाबुराम भट्टराई बिरुद्ध पनि साईबर अपराध मुदा दर्ता

  • शनिबार, बैशाख २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 25K
    SHARES

काठमाडौँ बेशाख २७ । नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल नेकपाका सांसद महेश बस्नेत, किसन श्रेष्ठ, र अर्का नवीन श्रेष्ठ विरुद्ध काठमाडौं प्रहरीमा अपहरण तथा शरीर बन्धक अभियोगमा उजुरी दर्ता भएको छ ।
शूरुमा प्रहरीले दर्ता गर्न नमानेको उजुरी पछि राष््िरय मानव अधिकार आयोग र सरकारी वकिलको कार्यलयमा समेत लिो गरी दर्ता भए पछि काठमाण्डौ प्रहरीमा पनि दर्ता भएको हो ।
जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको अभियोगमा यो उजुरी दर्ता भएसगैँ प्रहरीमाथि कानुनी हिशाबले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको प्रतिकृया छ ।
अब प्रहरीले के गर्ला त्यो भने प्रतिक्षाको बिषय छ । जिल्ला सरकारी वकिल कार्यलयको पत्रको आधारमा उज्री दर्ता भएको देखिएको छ ।
उनीहरुमाथि कार्बाही गर्न ससद देखि सार्वजनिक रुपमा बिपक्षीहरुले माग गरीरहेका छन् ।
काग्रेस सभापति शेर बहादुर देउवा र बाबुराम भट्टराईले त अझ सरकारनै संलग्न भएको समेत दाबी गरीरहेका छन् । उनीहरुमाथि अविलम्ब कार्बाही गर्न उनीहरुले संसदमा समेत माग गरेका छन् ।
यसैबीच , अपहरणको मुद्धा चर्को रुपमा उठाउने समाजवादी पार्टीका नेता बाबुराम भट्टराई , विस्वदीप पाण्डे, हिसिला यमि र आङकाजी शेर्पा बिरुद्ध नेकपाको अखिल र युवा संगठनका नेताहरुले साईबर क्राईम अन्तरगत दिएको उजुरी पनि काठमाण्डौ प्रहरीमा दर्ता भएको छ । शुरुमा टेकु प्रहरीले अपहरणको दर्ता नगरे जसरी नै साईबर अपराधको पनि दर्ता गरेको थिएन ।
यो उजुरी दर्ता पछि बाबुराम भट्टराई लगायतका नेतामाथि पनि अनुसन्धान गर्नु पर्ने प्रहरीमाथि कानुनी दवाव पर्ने छ । तर प्रहरीले के गर्ला त्यो पनि प्रतिक्षाकै बिषय छ ।
अपहरणको हल्ला र उजुरी जता जता दिन सुरेन्द्र यादव र समाजवादीका नेता पुग्छन् त्यतै त्यतै पछि पछि साईबर क्राईमको उजुरी दर्ता गर्न नेकपाका कार्यकर्ताहरु पुगेका थिए ।
संयोगबस प्रहरी, सरकारी वकिलको कार्यलय र राष्ट्रिय मानवअधिकार आयोग तीनै ठाँउमा यी एक अर्का बिरुद्धका उजुरीहरु दर्ता भएका छन् ।
कानुनतः साईबर अपराध भन्दा अपहरणको उजुरीको सजाय कठोर हुने देखिन्छ ।

वैशाख १० गते राति महोत्तरीबाट पूर्वआइजीपी खनाल तथा सांसदद्वय बस्नेत र श्रेष्ठ तथा अर्का व्यक्ति नवीन बस्नेतले जबर्जस्ती यादवलाई काठमाडौं ल्याएको भन्दै काठमाठौं सरकारी वकिलका कार्यालयमा अपहरण तथा शरीर बन्धक अपराधमा मुद्दा दर्ता भएका थियो ।

सरकारी वकिलको कार्यालयले त्यही मुद्दा अनुसन्धानका लागि शुक्रबार काठमाडौं प्रहरीलाई पठाएको हो । परिसरका एसएसपी श्यामलाल ज्ञवालीले पूर्वआइजीपी खनालसहित चारजना विरुद्ध अपहरण तथा शरीर बन्धक अभियोगमा मुद्दा दर्ता भएकोले अनुसन्धान अघि बढाइएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ