हेर्नुस् तपाईको दिन कस्तो छ ? २०७७ साल बैशाख २० गतेको राशीफल हेर्नुहोस्

हेर्नुस् तपाईको दिन कस्तो छ ? २०७७ साल बैशाख २० गतेको राशीफल हेर्नुहोस्

  • शनिबार, बैशाख २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

मेष

आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।

बृष

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । साझेदारीको काममा उल्झन आउनेछ ।

मिथुन

आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट

रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोवार भने कमजोर रहला ।

सिंह

मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

कन्या

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार भने सामान्य नै हुनेछ ।

तुला

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक र फाईदा मूलक योजना बननेछन् ।

बृश्चिक

आज राजनैतिक तथा समाजसेवामा मन लाग्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

धनु

आज रोकिएका महत्त्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर

आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । साँझमा खर्चसमेत बढ्ने योग छ ।

कुम्भ

आज कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

मीन

आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र मनपनि प्रसन्न रहनेछ । साथीभाइलेपनि राम्रै सहयोग जुटाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी