मुख्य नाकामा ढाटः दिनभरी सुनसान, साझ परेपछि दशगजाबाट नेपाल-भारत आउजाउ- नियन्त्रण हाेला संक्रमण ?

मुख्य नाकामा ढाटः दिनभरी सुनसान, साझ परेपछि दशगजाबाट नेपाल-भारत आउजाउ- नियन्त्रण हाेला संक्रमण ?

  • आइतवार, चैत्र २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

विराटनगर २३ चैत्र । भारतबाट नेपाल आएका व्यक्तिहरुमा समेत कोराना देखिन थालेको अवस्थामा मुख्य नाकाहरु बन्द भए पनि विराटनगर सहित तराईका दशगजा क्षेत्रका अन्य साना ठाँउहरुबाट बाक्लो मात्रामा मानिसहरु आवतजावत गर्ने गरेको पाईएको छ । जसले नेपालमा निकै ठूलो जोखिम निम्त्याउन सक्छ । विराटनगर जोगबनी नाकाको सम्पूर्ण ढोका बन्द भएर मान्छे छिर्न नपाउने भए पछि त्यस आसपासका क्षेत्रबाट नेपाल भारत आवतजावत जारी रहेको पाईएको छ । खास गरी साझँ बिहान मानिसहरु आउजाउ गरीरहेको देखिएको छ ।
नाका पश्चिमतर्फको दरैया वस्ती र दक्षिण टोला लगायतका दशगजा क्षेत्रमै घर समेत बनाएर बसेका छन् मानिसहरु । त्यस क्षेत्रबाट आउजाउ गर्दा प्रहरीले साँझ रोकेको देखिदैन ।
जोगबनी गएर सागशब्जी लगायतका खाद्य सामाग्री लिएर नेपालीहरु आउने गरेका छन् । अरु बेलामा प्राय भन्सार छलिका सामानहरु ओसार पसार हुने यी ठाँउहरुमा अहिले लकडाउनको अवज्ञा गरेर आउजाउ गर्ने थलो बनेको छ ।
नेपाल र भारतका अधिकारीहरुबीच दशगजा क्षेत्रको बस्ती हटाउने सहमति पटक पटक भए पनि कार्यन्वयन भएको छैन । यस्तै मुख्य नाकाभन्दा १ किलोमिटर पूर्वको सीमान्त वस्ती मटेरुवा र इस्लामपुरको बाटो पनि साँझ–बिहान खुल्ला छ ।
मटेरुवा र इस्लामपुर ढाटमा एक–एक प्रहरी देखिन्छन् तर जोगबनी जानेले छेउको चोरबाटो प्रयोग गरिरहेका छन् । मटेरुवा र इस्लामपुर दुबै ठाउँको सिमानाबाट ५ सय मिटर हिँडेपछि जोगबनी बजार आइपुग्छ । दुबै टोलका बासिन्दा साँझ–बिहान ४ देखि ७ बजेसम्म चोर बाटो प्रयोग गरेर जोगबनी जान्छन् र खाद्य सामग्री लिएर आउँछन् ।
दुबै विराटनगरका पुराना वस्ती हुन् । यहाँ अधिकांश मजदुर वर्गको बसोबास छ । वस्तीका धेरैजसो स्थानीय रघुपति जुट मिलमा काम गर्छन् । अहिले उद्योग बन्द भएपछि घरघरै बेरोजगार छन् ।
दरैया, दक्षिण टोला, मटेरुवा र इस्लामपुर; चारै ठाउँका अधिकांश बासिन्दाले सामाजिक दूरी कायम गरेका छैनन् । खासै प्रयोग गरेको पाईदैन ।
रोजगारी र खाने अवस्थै नभए पछि आफूहरु पारी जानु परेको स्थानीयको तर्क छ । यसमा सरकारको ध्यान नगए संक्रमण प्रवेश गरे प्रदेश एक ठूलो जोखिममा पर्न सक्छ । भारतको बिहारमा पनि कोरोना संक्रमणको बिरामी बढीरहेकाले नेपाल झनै जोखिममा छ । वेलैमा ध्यान जाओस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी