तपाईको आजको दिन कस्तो छ ? हेर्नुस् २०७६ साल चैत्र २१ गते शु्रक्रबारको राशीफल

तपाईको आजको दिन कस्तो छ ? हेर्नुस् २०७६ साल चैत्र २१ गते शु्रक्रबारको राशीफल

  • शुक्रबार, चैत्र २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

मेष

गरेको काममा ढिलासुस्ती हुनेछ । सौन्दर्यतामा धन खर्च बढ्न सक्छ । मनमा चञ्चलतापनि बढ्नेछ । स्वास्थ्यको विशेष ख्याल गर्नु होला ।

बृष

आज प्रेम र मित्रताको बन्धन कसिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । बैदेशिक कार्यभने कमजोर रहनेछ ।

मिथुन

आज नयाँ नयाँ कार्यको योजना बन्नेछ । स्वाद अनुसार खानपनि पाईनेछ । महिला मित्रबाट विशेष सहयोगको अपेक्षा गर्न सकिनेछ ।

कर्कट

इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

सिंह

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्यप्रति सजक रहनु आवस्यक छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । व्यापारमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

तुला

सामाजिक क्षेत्रबाट फाइदा लिने काम गर्ने अनुकूलता प्राप्त हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । पुनर्मिलनको योग रहेको छ ।

बृश्चिक

आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनेछ ।

धनु

आज स्वास्थ्यप्रति सजक रहनु पर्छ । प्रेममा मतभेद बढ्नसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

मकर

आज धार्मिक यात्राको योगछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

कुम्भ

आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । धन प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन

आज आत्मिक सन्तुष्टि मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । लाभदायक यात्रा रहला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी