गन्ध वा स्वाद थाहा नपाउनु के कोरोनाको मुख्य लक्षण हो?

गन्ध वा स्वाद थाहा नपाउनु के कोरोनाको मुख्य लक्षण हो?

  • बुधबार, चैत्र १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

एजेन्सी, १९ चैत ।
ब्रिटेनका अनुसन्धानकर्ताहरूले गन्ध वा स्वाद थाहा नपाउने अवस्था कोरोनाभाइरसको लक्षण हुन सक्ने बताएका छन् ।
लण्डनस्थित द किङ्स कलेजको एक समुहले ४ लाखभन्दा बढी मानिसको जवाफको अध्ययनबाट उक्त तथ्य सार्वजनिक गरेको हो । द किङ्स कलेजका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणबारे विज्ञहरूलाई बुझ्न थप मद्दत पुगोस् भन्ने उद्देश्यले कोभिड(१९ को लक्षण देखिएको विवरण संक्रलन गर्न एउटा एपको प्रयोग गरेका थिए । जसको नाम कोभिड सिम्पटप ट्रायकर एप दिएको छ ।
गन्ध वा स्वाद थाहा नपाउनु, रुघाखोकीजस्ता श्वासप्रश्वाससम्बन्धी अन्य सङ्क्रमणको पनि लक्षण भएको भन्दै विज्ञहरूले उच्च ज्वरो र निरन्तरको खोकी आएमा भने घरमा नै बस्न पनि सुझाएका छन् ।
कोरोनाभाइरसको सङ्क्रमणको जोखिम नियन्त्रणका लागि घरभित्रै बस्न उनीहरुको सुझाव छ।
सम्भावित लक्षण रहेको भनिएका व्यक्तिहरूले निम्न धारणा राखेका थिए ।
५३ प्रतिशतले आफूले थकित वा गलेको महसुस गरेको बताए
२९ प्रतिशतले निरन्तर खोकी भएको बताए
२८ प्रतिशतले सास फेर्न गाह्रो भएको बताए
१८ प्रतिशतले गन्ध र स्वाद थाहा नपाएको बताए
१०.५ प्रतिशतले ज्वरो आएको बताए
अध्ययनमा सहभागी चार लाख मानिसमध्ये १७ सय २ जनाले कोभिड(१९ को परीक्षण गराएका थिए। त्यसमध्ये ५७९ जनामा कोभिड( १९ देखिएको थियो।
कोरोनाभाइरसको सङ्क्रमण देखिएकामध्ये प्रत्येक पाँच जनामध्ये तीन जनाले स्वाद वा गन्ध थाहा नपाएको धारणा राखेका थिए।
तर विज्ञहरुले स्वाद वा गन्ध थाहा नपाउनुलाई अब प्रमुख लक्षण मान्नलाई अझै पनि पर्याप्त प्रमाण नरहेको जनाएका छन्।
पब्लिक हेल्थ इङ्ग्ल्याण्ड र वर्ल्ड हेल्थ अर्गनाइजेशनले तिनीहरूलाई सूचीमा राखिसकेका छैनन्।
नाक, कान र घाँटीका चिकित्सकहरूको समूह ईएनटी यूकेले कोरोनाभाइरसको सङ्क्रमण देखिएका केही बिरामीमा यी लक्षण देखिनु आश्चर्यजनक नभएको जनाएको छ। तर ती लक्षणहरू कोभिड(१९ मा मात्रै सीमित छैनन्।
प्रमुख अनुसन्धानकर्ता टिम स्पेक्टर अरू लक्षणहरूसँग जोडेर हेर्दा स्वाद वा गन्ध थाहा नपाउने व्यक्तिहरूमा कोभिड(१९ को सङ्क्रमण भएको सम्भावना तीन गुणा बढी भएको तथ्याङ्कले देखाएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी