आज  २०७६  चैत्र १२ गते बुधवारको राशिफल

आज  २०७६  चैत्र १२ गते बुधवारको राशिफल

  • बुधबार, चैत्र १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

मेष:मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ ।

बृष: उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

मिथुन: रोकिएका काम पुनः सुरु हुन सक्छन् । श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

कर्कट: आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । सन्तान सुखपनि मिल्नेछ ।

सिंह: आज काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सन्तानपक्षको मायामा कमी आउनेछ ।

कन्या:मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । समाजसेवामा मन लाग्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

तुला: परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे बढी फाइदा लिन सकिनेछ ।

बृश्चिक:एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमिबाट लाभ नै रहला ।

धनु:ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।

मकर: धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । रोकिएको धन हात पर्ला ।

कुम्भ: प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

मीन: साथीभाइबाट बढी फाइदा लिने समय छ । जोश जाँगर र उमंग बढ्ला । नयाँ काम सुरु गर्ने समय छ । आर्थिक कारोवारमा सफलता पाइएला । ( ज्यो।प। नारायणप्रसाद दुलाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी