हनोई चैत्र १० । प्रेमी प्रेमीकालाई वा श्रीमतिलाई खुसी पार्न फुल दिने, उपहार दिने आम चलन जस्तो बनेको छ । तर भियतनामका एक युवाले एउटा कठोर काम गरेका छन् प्रेमीकालाई खुसी पार्न । उनकी गर्लफ्रेन्ड लुओगं खा त्रानले यसलाई लामो समय सम्म याद गर्ने उनको अपेक्षा छ । २२ बर्षे युवा त्रुओगं वान लैमले आफ्नी प्रेमिकालाई प्रेम दर्शाउन उनको पोट्रेट आफ्नो पिठ्युमा कुदेका छन् । करीब २४ घण्टा यो टाटु बनाउन लागेको उनले बताए । तीन अलग अलग सेसनमा यो तयार भएको थियो । पहिलो चरणमा गत नोभमेम्बरमा उनले ८ घण्टा लगाएर पोट्रेट बनाए । फेरी दोस्रो र तेस्रो सेसन ७ र नौ घण्टा लगाएर यो निर्माण भएको थियो । त्यस पछि उनको प्रेमिकाको स्पष्ट टाटु चित्र तयार भयो ।
जब प्रेमिकाले प्रेमीले आफ्नो पिठ्युमा आफ्नो चित्र भएको ट्याटु देखे तब लुओगं हैरान भईन् । उनले यस्तो कल्पना गरेको थिईन भनेकी छन् । उनले यस अघि पनि छातीमा प्रेमिकाको नाम र जन्म मितिको टाटु हानेर राखेका थिए ।
यदी ब्रेक अप भयो भने नि ?
त्रुओंनको यो तस्वीर भियतनामी सोसल मिडियामा निकै मनपराईएको छ र भाईरल बनेको छ । यद्यपि, कतिपय प्रतिकृयाहरु त्रुओगंलाई मजाक बनाएर पनि आएका छन् । यी ब्रेक अप भयो भने के हुन्छ ? भनेर प्रश्न गरेका छन् । तर त्रुओगंले जे भए पनि मलाई कुनै पश्चाताप नहुने बताएका छन् ।
