एजेन्सी, १ चैत ।
फल तथा सब्जी भिटामिन एवं माइक्रो न्युट्रियन्टको राम्रो स्रोत हो । यी तत्वको कमीले मुटु, मधुमेह र अन्य प्रकारका गैरसंक्रमक रोगलाई बढावा दिन्छ ।
इन्डियन जर्नल फर मेडिकल रिसर्च (आइजेएमआर)मा प्रकाशित नेसनल इन्स्टिच्युट अफ न्युट्रिसियन हैदराबादका वैज्ञानिक कमला कृष्णस्वामी र राजगोपाल गायत्रीको रिपोर्टका अनुसार, दैनिक ४०० ग्राम सब्जी एवं फलफूलको सेवन गर्नाले मधुमेहको खतरा २४ प्रतिशत, नसामा रगत जम्ने खतरा ११ प्रतिशत तथा हुदयाघातको खतरा ११ प्रतिशतले कम हुन सक्छ ।
रिपोर्टका अनुसार, विश्वका शीर्ष वैज्ञानिक संस्थाको अध्ययनमा फलफूल–सब्जीको सेवनमा भएको कमीलाई लिएर चिन्ता बढ्न थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) खानामा फलफूल र सब्जीको मात्रा ४०० ग्राम तय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline