श्रीमानबाट पीडा पाउन थाले पछि बिहे दर्ता गर्न तम्सिए महिलाहरु !

श्रीमानबाट पीडा पाउन थाले पछि बिहे दर्ता गर्न तम्सिए महिलाहरु !

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

डोटी फागुण २३ ।  पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमानबाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भन्ने गरिन्छ ।
दिपायल सिलगढी नगरपालिका–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले विवाह दर्तामा महिलाको अग्रसरता बढेको जानकारी दिनुभयो । जिल्लास्थित अल्पकालीन सेवा सङ्घका प्रमुख देवकी बोहराले भन्नुभयो, “आफ्नो पहिचान र अधिकारका लागि महिला नागरिकता लिन थालेका छन् । व्यक्तिगत घटना दर्ता गर्नेको सङ्ख्या वढेको छ । यो आफैँमा राम्रो पक्ष हो ।”

विवाह दर्ता गराउनेको सङ्ख्या बढेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय शारदा नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्सँगको सम्बन्ध र सम्पत्तिको अधिकारका लागि भए पनि महिलाले विवाह भएलगत्तै विवाह दर्ता र नागरिकता बनाउनु जरुरी भएको छ ।” यहाँको दिपायल सिलगढी नगरपालिकामा गत आर्थिक वर्षमा विवाह दर्ता गर्नेको सङ्ख्या २५० थियो । चालू आवको माघ मसान्तसम्ममा एक हजार २०० भन्दा बढी पुगेको जनाइएको छ ।
पञ्जिकरण शाखा प्रमुख बुद्धिसिंह खड्काका अनुसार विवाह दर्ता गर्न आउनेको सङ्ख्या बढिरहेको छ । विवाह दर्ता गर्न नागरिकता अनिवार्य चाहिने भएकाले पनि नागरिकताको सिफारिस लिन आउनेको चाप बढेको उहाँले बताउनुभयो ।

नगरक्षेत्रमा आफ्नो अधिकारका लागि महिलाहरु पछिल्लो समय निकै सचेत बन्दै गएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतका वर्षभन्दा अहिले यहाँका महिलाहरु निकै सचेत तथा आफ्ना कामका लागि अग्रसर हुने गरेको हामीले पाएका छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी