शाहरुखलाई दिल्ली प्रहरीले उत्तर प्रदेशबाट पक्राउ गर्यो

शाहरुखलाई दिल्ली प्रहरीले उत्तर प्रदेशबाट पक्राउ गर्यो

  • मङ्लबार, फाल्गुन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

दिल्लीको साम्प्रदायिक हिंशामा प्रहरीलाई ताकेर गोली हानेको आरोपमा एक मुस्लिम युवा शाहरुखलाई प्रहरीले उत्तर प्रदेशबाट पक्राउ गरेको छ । हातमा पेस्तोल बोकेर ताक्दै गरेको भिडियो र तस्वीरमा देखिने ती युवा नै शाहरुख रहेको प्रहरीको दावी छ ।
दिल्ली प्रहरीको अपराध शाखाको टोलीले उनलाई पक्राउ गरेको र दिल्ली लैजाने बताईएको छ । २४ फेब्रुअरीमा जाफरीयावादमा भएको प्रदर्शनमा उनले पेस्तोल बोकेको दावी प्रहरीको छ ।
यद्यपि, दिल्ली हिशामा मुसलमानमाथि अत्याचार,मस्जिदमाथि आगजानी भएको भन्दै पाकिस्तान,टर्की लगायतका देशबाट विरोध हुदै आएको छ । दिल्ली हिशामा ट्रम्पको भ्रमणकै दिन २४ फेब्रुअरीदेखि भएको हिशामा ४४ जना भन्दा बढी मानिसको मृत्यु भएको थियो । यो सन् १९८४ पछिकै सबै भन्दा दर्दनाक र भयानक हिंशा भएको बताईन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी