आज २०७६ साल फागुण १८ गतेको राशीफल कस्तो छ हेर्नुस्

आज २०७६ साल फागुण १८ गतेको राशीफल कस्तो छ हेर्नुस्

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

मेष

आज नराम्रो दिन छैन, विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । आर्थिक पक्ष सबल छैन, यद्यपि केही लाभमूलक काम बन्नेछन् । पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । नातागोताभित्रका सदस्यहरूको काम र समस्यामा रुमल्लिनु पर्नेछ । खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ ।

बृष

आजबाट खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ ।

मिथुन

ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ ।

कर्कट

मातापिता वा मान्यजनको सहानुभूति र आशीर्वाद मिल्नेछ, गरेका काम सफल हुनेछन् । सम्मान र साख आर्जन गरिने छ । अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । चिताउँदै नचिताएको कुनै महत्वपूर्ण कार्य सिद्धि हुने छ ।

सिंह

बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मातापिता र अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्त्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । कर्मचारीले प्रशंसा पाउने छन् । घरायसी काममा दिलचस्पी बढ्ने छ । कर्मसिद्धिको समय छ । आम्दानीमा कमी आउने छैन ।

कन्या

गरेका प्रयासमा ढिलै भए पनि सफलता आर्जन गर्न सकिने छ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघि बढ्नेछन् । पहिले गरेका क्रियाकलापको मूल्याङ्कन र प्रशंसा हुनेछ । दिउँसोबाट भाग्य स्थानमा चन्द्रमा पुग्नाले परोपकार र धार्मिक क्षेत्रमा मन आकर्षित बन्नसक्छ । पारिवारिक समस्याहरू हल हुनेछन् ।

तुला

मध्याह्नसम्म दाम्पत्य जीवन र प्रणय सम्बन्धमा शुभफल प्राप्त हुनेछ, तर दिउँसो आठौं घरमा चन्द्रमा जाने भएकाले मायाप्रेम, रतिराग र भावुकताका क्षेत्रमा खराब ऊर्जा प्राप्त हुने सङ्केत छ, संयम र सचेत रहनुपर्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ ।

बृश्चिक

आजबाट मन रमणीयतातर्फ आकर्षित बन्नेछ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । कामकाजमा जाँगर चल्दैन, मन भावुक र रोमान्टिक बन्न सक्छ । जीवनसाथी वा प्रेमी÷प्रेमिकालाई समय दिनु राम्रो हुन्छ, नत्र दाम्पत्य सम्बन्ध वा प्रेमी÷प्रेमिकाका बीचमा चिसोपन बढ्ने सङ्केत छ । बन्दव्यापार सामान्य नै रहने देखिन्छ ।

धनु

बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । यसरी बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

मकर

सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित भइने छ, कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ ।

कुम्भ

सुरुमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन ।

मीन

सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी