वि.सं.२०७६ साल फाल्गुन १२ गते । सोमबार । ईश्वी सन् २०२० फेब्रुवरी २४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– प्रतिपदा,३८ घडी ०६ पला,बेलुकी ०९ बजेर ५१ मिनेट उप्रान्त द्वितीया । नक्षत्र– शतभिषा,२१ घडी ५९ पला,दिउसो ०३ बजेर २४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग– शिव,०२ घडी १९ पला,बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त सिद्ध । करण– किंस्तुध्न,बिहान ०८ बजेर ५४ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ५१ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५९ मिनेट । दिनमान २८ घडी २८ पला । पञ्चक। ग्याल्पो ल्होसार । शिक्षा दिवस ।
मेष
शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
बृष
आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।
मिथुन
तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
कर्कट
दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
सिंह
आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।
कन्या
परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
तुला
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
बृश्चिक
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
धनु
विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।
मकर
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कुम्भ
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
मीन
आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ अतस् सचेत रहनु उचित होला । ( ज्यो।प। नारायणप्रसाद दुलाल