प्रचण्डकी नातिनीको गीत ‘कमेरो पोतेको’ बजारमा,हेर्नुहाेस् ‘कार्टुन क्रु’को नृत्‍य

प्रचण्डकी नातिनीको गीत ‘कमेरो पोतेको’ बजारमा,हेर्नुहाेस् ‘कार्टुन क्रु’को नृत्‍य

  • शुक्रबार, फाल्गुन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 30.6K
    SHARES

गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतका शब्द प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका हुन् । भिडियोमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा जिवेश गुरुङको अभियन छ ।
‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत, उदयराज पौडेलको एरेन्ज तथा मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन् ।

भिडियोमा रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनारले गरेका छन् । म्युजिक भिडियोको निर्देशक सरोज ओली हुन् । गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो ।

म्युजिक भिडियो झापाको धुलावारी र मागुरमाडीमा रहेका परम्परागत घर निर्माणमा अत्याधुनिक प्रविधि प्रयोगस गरेर तयार पारेको निर्देशक ओलीले जानकारी दिए। गीतकी गायिका स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी