मेष :आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने योग छ ।
बृष : नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन : सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक यात्राको योगछ ।
सिंह : क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ ।
तुला : होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभई सङ्ग भेट घाट हुनेछ ।
धनु : आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्योउनेछ ।
कुम्भ : आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
कन्या आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।
बृश्चिक : टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनुपर्न सक्नेछ । मनोरञ्जनमा सहभागी भइएला ।
मकर : श्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ ।
मीन : आज परोपकार गर्नुमानै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ ।