डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भईसकेको , नेता मध्यमा धेरै पढेको अध्ययन गरीरहने र चर्चा कमाएकामा पर्छन् बाबुराम ।
जनयुद्ध कालमा पनि बाबुरामकै चर्चा बढी हुन्थ्यो । एक पटक त वार्तामा बाबुरामले लगाएको टोपीको सिको गरेर त्यस्तो टोपी लगाउनेहरु पनि थिए ।
तर अचम्म भएछ एक दिन माघ १९ गते बाबुराम भट्टराई काठमाण्डौंबाट बिराटनगर हुदै पूर्व जादै थिए । त्यस बेला जहाजजमा चढे पछि स्वागत र गर्ने परिचारीका मध्य एकले भट्टराईलाई तपाई डाक्टर हो ? भनेर सोधेको र आफूले हैन भनेर जवाफ दिएको र किन सोध्नु भो भन्दा काहीँ डाक्टरकोमा जादाँ देखेको जस्तो लागेर भनेको भनी आफ्नो ट्वीटरमा पोष्ट गरेका छन् ।
सोही ट्वीटमा उनले लेखे अनुसार जब विमानस्थलबाट उत्रेर गाडी चढेर उनी चतरा कोशीपुल छेउ पुगे र चियापसलमा बसे पसलेले ओ हो , बाबुराम भनेर सोधेको र कसरी चिन्नु भो भनी उनले प्रश्न गर्दा उनले टिभी र फोटोमा देखेर भनेको लेखेका छन् ।
अन्ततः डा. भट्टराईले मनमनै सोेचेको कुरा पनि जोडि हाले ः शहर र गाउको राजनीतिक चेत वा हामी आउटडेटेड ?
