घोराही महोत्सवमा उर्लियो जनसागर, दर्शक बढी भएपछि आधा घण्टा टिकट बन्द

घोराही महोत्सवमा उर्लियो जनसागर, दर्शक बढी भएपछि आधा घण्टा टिकट बन्द

  • शनिबार, माघ १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को नवौं दिन दर्शकहरुको अत्याधिक भीड लागेको छ ।
महोत्सवमा अहिलेसम्मकै सबैभन्दा बढी दर्शक शनिवार आएको चेम्वर अफ कमर्स दाङका कोषाध्यक्ष एवम् अर्थ समिति संयोजक विकास अग्रवालले जानकारी दिनुभयो । ‘जनसार धेरै भएपछि हामीले व्यवस्थापन गर्न निकै हम्मेहम्मे प¥यो,’ उहाँले भन्नुभयो, ‘करीब आधा घण्टा जति टिकट बिक्री रोकेर दर्शकहरुको व्यवस्थापन गर्नतर्फ लाग्यौं ।’
महोत्सवमा अत्याधिक दर्शक बढेपछि बैकल्पिक बाटोबाट बाहिरिने व्यवस्था समेत गरिएको थियो । ‘अहिलेसम्म जुन बाटोबाट दर्शकहरु महोत्सवको मञ्चसम्म जानुहुन्थ्यो, त्यहीँ बाटोबाट निस्कने व्यवस्था गरेका थियौं,’ चेम्वरका महासचिव टिकादत्त खनाल ‘सागर’ ले भन्नुभयो, ‘शनिवार भने हामीले बाहिरिदा धेरै भीड हुने देखेर अर्को बैकल्पिक बाटोको पनि व्यवस्था गरेका थियौं ।’
पछिल्ला दिनहरु दर्शकहरुको संख्या बढिरहेकाले आँफूहरु निकै उत्साहित भएको चेम्वर अफ कमर्स दाङका अध्यक्ष श्रीधर महराले बताउनुभयो । ‘महोत्सव हामीले सोँचेको भन्दा भव्य र सभ्य तरिकाले सम्पन्न हुने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो अनुभव भए पनि महोत्सव निकै उत्साहपूर्वक सम्पन्न हुने देखिएको छ ।’


महोत्सवमा दुर्गेस थापाले गित गाउँदा युवाहरुले निकै हुटिङ गरेका थिए । बाल कलाकारहरु कमला घिमिरे र प्रिन्स लम्सालको दोहोरीको घम्साघम्सीमा दर्शकहरु छमछमी नाचेका थिए । महोत्सव अन्य दिनको तुलना निकै भव्य पूर्वक सम्पन्न भएको उपाध्यक्ष घनश्याम अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवमा लोकप्रिय गायिका देवकाला बस्नेत, ढाकाराम पौडेल, दीक्षा सुनारको बबाल दोहोरीले दर्शकहरु छमछमी नाचेका थिए ।
महोत्सवमा कृषीको स्टलमा रहेका च्याउँ किन्नेहरुको संख्या बढिरहेको अर्का उपाध्यक्ष बलदेव योगीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी