चीन विश्वमा तीव्र मात्रामा गरीबी उन्मुलन गर्ने राष्ट्रमा पर्दछ । अर्थशास्त्रीहरुको तथ्यांकहरु अनुसार अमेरीकाले २ सय बर्षमा गरेको विकास चीनले २० वर्षमा गरेको अनुमान छ । पूर्वाधारको विकासमा अमेरीकाले २० औं शताव्दीभरी प्रयोग गरेको स्टील चीनले केबल सन् २०११ देखि १३ सम्म गरेको विवरण आएको थियो । त्यही चीन जो विश्वको सबै भन्दा ठूलो जनंख्या भएको मुलुक हो यसको जनसंख्या करीब एक अर्ब ४० करोड माथि छ । यस्तो देशले सन् २०२२ सम्ममा गरीबी सम्पूर्ण रुपले अन्त्य गर्ने भनेको छ ।
यो त्यस्तो देश हो जसले नेपालमा बिजुली बलेको एक बर्ष पछि मात्रै जलविद्युत शुरु गरको थियो । यसरी विकास गरीरहेको चीनको जियागसु प्रान्तमा करीब ८ करोड जनसंख्या छ । यस प्रान्तका सरकारी अधिकारीहरुले यस शहरमा केबल १७ जना नागरिक मात्र गरीब रहेको घोषणा गरेका छन् । पूर्वी चीनको यस प्रान्तका गरीबी उन्मुलन अधिकारीहरुको तथ्यांक अनुसार ८ करोड ५ लाख जनसंख्या रहेको , यसको जिडिपि ७.२ खर्ब युआन रहेको र गरीबी लगभग अन्त्य भएको जनाईएको छ । चीनको गुआगंदोगं पछिको सबै भन्दा धेरै जनसंख्या भएको प्रान्त पनि हो यो ।
यो घोषणा त्याहाको विधायीकाको सत्रमा गरीबी घटेको घोषणा गरिएको थियो ।
२ करोड ५४ लाख गरीबबाट ९९.९ प्रतिशत गरीबी घटेर केबल ६ परिवारका १७ जना गरीब रहेको घोषणा गरिएको थियो । चीन भरमा अब करीब एक करोड मुनि मात्र गरीब रहेको अनुमान गरिएको छ । यस प्रान्तमा बर्षमा एक बर्षमा नेपाली रुपैया ९७६०० अर्थात ६००० युआनसम्म कमाउनेलाई गरीब मानिन्छ । यो तथ्याकं सही हो कि हैन भनेर कतिपयले प्रश्न गरे पनि प्रान्तीय अधिकारीहरुले सार्वजनिक गरेको आधिकारीक विवरण हो ।
नयाँ चीन स्थापना भएपछि १९४९ पछि गरीबीमा विश्वमा ८० करोड जनसंख्या रहदै अघिल्लो स्थानमा रहेको थियो । अहिले एक प्रतिशत भन्दा कममा आईसकेको छ । यही प्रान्तको एउटा गाँउ छ जसलाई सुपर भिलेज भनिन्छ वाक्सी जसमा सबै मानिस करोड पति छन् ।
यो विश्वकै सबै भन्दा धनी गाँउ मानिन्छ । सबैको एकै खालको घर छ , चिल्ला गाडीहरु छन् । प्रत्यकको खातामा नेपाली रुपैया दुई करोड भन्दा बढी रहेको बताईन्छ । गाँउमा हेलिकोप्टर, टयाक्सी, थिम पार्क, चम्किला सडक देख्न सकिन्छ ।
एजेन्सी