काठमाडौं विश्वविद्यालयको २५औं दीक्षान्त समारोहबाट दीक्षित भएका स्कुल आफ मेडिकल साईन्सेजबाट उत्पादित चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरु दीक्षित भएका छन् । शुक्रबार भएको दीक्षान्त समारोहमा एक हजार ६०४ जना विद्यार्थीहरु दीक्षित भए ।
दीक्षित हुनेमा एमसिएच, डिएम, एमडी, एमएस, एमएस्सी, र एमडीएसका एक हजार ९८, बिडिएसका २१८, बिएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी छन् । भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत आज दीक्षित भएका छन् ।
कार्यक्रममा एमबिबिएस स्नातक तहमा सबैभन्दा बढी ७९ दशमलव ६७ प्रतिशत अङ्क ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाका विवेक पौड्याललाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरिएको थियो ।





काठमाडौं विश्वविद्यालयको २५औं दीक्षान्त समारोहमा शुक्रवार सम्बोधन गर्दै मणिपाल विश्वविद्यालय जयपुर भारतका अध्यक्ष डाक्टर के रामनारायण ।
काठमाडौँ विश्वविद्यालयको २५औँ दीक्षान्त समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै केयूका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठ ।

तस्बिर: पेमा लामा