काठमाण्डौं कार्तिक २४ । हालै भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्सामा पारे पछि त्यसको विरुद्ध प्रदर्शनमा उत्रेका नेकपा निकट विद्याथीहरुलाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । आज विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीले काठमाण्डौं सहित देशभर प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा काठमाण्डौं माईतीघरबाट ४२ जना भन्दा बढी विद्यार्थी पक्राउ गरिएको प्रहरीले जनाएको छ । गिराफ्तार गरिएका विद्यार्थीहरुलाई सिंहदरबार वृत सहित अन्य विभिन्न प्रहरी ईकाईमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै नेकपा निकट अखिल क्रान्तिकारीले कन्चनपुर, अछाम,कालिकोट, उदयपुर ,सुनसरी लगायत देशका विभिन्न जिल्लामा प्रदर्शन गरिएको जनाएको छ ।
विभिन्न ठाँउमा भएका प्रदर्शनमा विद्यार्थीहरुले लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो भन्दै नाराबाजी गर्नुका साथै कोण सभा गरेका थिए ।
भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा सत्तारुढ र प्रतिपक्षी विद्यार्थी संगठनहरुले पनि विरोध प्रदर्शन गर्दै आएका छन् ।

