छठ पर्वः अस्ताउँदो सूर्यलाई अघ्र्य

छठ पर्वः अस्ताउँदो सूर्यलाई अघ्र्य

  • शनिबार, कार्तिक १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

काठमाडाैं, १६ कार्तिक ।
सद्भाव, प्रेम तथा आस्थाको पर्व छठको मुख्य दिन षष्ठीमा आज साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।

हिन्दू धर्म संस्कृतिअनुसार अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने छठपर्वका अवसरमा आज राजधानीसहित तराईका सम्पूर्ण जिल्लाको अधिकांश पोखरी, तलाउ, खोला, नदीको पानीमा पसेर व्रतालुहरुले अस्ताउँदो सूर्यको आराधना गरी अघ्र्य दिएका हुन् ।

यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेका छन् । सूर्यलाई जल, दूध, केरा, उखु, नरिवल, अदुवा, ठेकुवा, भुसुवा आदि सामग्रीसहितको प्रसाद चढाइएको हो ।

तराईको हिन्दू धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहेको छठपर्वलाई धार्मिक आस्था र सामाजिक सद्भावको प्रतीकको रुपमा लिन थालिएको छ । नेपालमा मिथिलाको महान् पर्व छठप्रति नेपालीहरुको दिनप्रतिदिन आर्कषण बढ्दै गइरहेको छ । व्रत कठोर भए पनि आपूmले इच्छाइएको मनोकामना पूरा हुने भएकाले तराईमा मात्र मनाइने छठपर्व अब राजधानीसहित पहाडतिर पनि मनाइने गरिएको छ ।

सद्भाव र प्रेम तथा आस्थाको पर्व छठ कुनै जाति विशेषको नभएकाले यो पर्व मधेश, पहाड, मुस्लिम सबै जाति, वर्ग र समुदायका व्यक्तिले प्रत्यक्ष वा परोक्ष तरिकाले मनाउने गरेको राजविराजकी सुनीता यादव बताउनुहुन्छ ।

चार दिवसीय छठपर्वमा शुद्धता र पवित्रतालाई विशेष ध्यानमा राखिन्छ । छठ पर्व गर्दा परिवारको सुख, समृद्धि, सुस्वस्थ्य, सन्तान प्राप्ति, रोगमुक्ति तथा अन्य मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । शिव र शक्तिको संयुक्त पूजा हुने छठपर्वमा सबै मनोकामना पूरा हुने क्षमता भए पनि खासगरी पुत्रलाभ र असाध्य रोगहरुबाट छुटकारा पाउने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ । छठपर्व पौराणिककालदेखि नै चलिआएको धार्मिक परम्परा हो ।


चार दिवसीय छठ पर्वको शनिबार मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिंदै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित औरही खोलाको छठ घाटमा ब्रतालु महिलाहरु । तस्वीरः अजयकुमार साह

षष्ठी तिथिमा माता दुर्गाले दर्शन दिई मनोकामना पूरा गरेको हुनाले षष्ठी माता भनिएको हो । संस्कृत शब्द ‘षष्ठी’ लाई तराईमा स्थानीय लवजअनुसार छठी, छठ र छैठ भन्ने गरिएको हो । यो पर्वमा ऊर्जाको स्रोत मानिने सूर्यको सन्ध्या र बिहानी रूपको पूजा गरिन्छ । अर्धनारिश्वरको रुपमा सूर्य भगवान्लाई शिव र शक्ति दुवैको प्रत्यक्ष उदाहरणको रुपमा लिई छठपर्वमा सूर्य पूजाको शुरुआत भएको धार्मिक परम्परा रहिआएको पण्डित रत्नेश्वर झाले बताउनुभयो ।

शरद ऋतुको आगमनसँगै शुरु हुने छठपर्वले हाम्रो दैनिक जीवनमा सूर्यको महत्वलाई समेत दर्शाएको छ । सूर्य स्नान र सूर्यको किरणमा छालालगायतका रोग नियन्त्रण तथा निवारण क्षमताजस्ता वैज्ञानिक तथ्यहरुसमेत भेटिएकाले धार्मिक एवं वैज्ञानिक सङ्गमको रुपमा छठपर्वलाई लिइने गरिएको छ ।

यस पर्वमा सूर्यको अर्चना एवं आराधना र पूजाआजा गरिएता पनि यसको लोकप्रियता एवं व्यापकता ‘छठ परमेश्वरी’ वा छठ माताको पूजाको रुपमा प्रचलित रहेको छ । वेदमा उल्लेख भएअनुसार उषालाई छठ परमेश्वरीको साक्षात्रूपमा पूजाआजा गर्ने मान्यता रहेको छ ।

पर्वको चौथो दिन ९अन्तिम दिन० आइतबार बिहान उषाकालमा पारन गर्न व्रत लिनेहरू पुनः पोखरी, जलाशय किनारमा पुगी आज साँझ गरेको क्रम दोहो¥याइ प्रातःकालीन सूर्यलाई अघ्र्य दिई पर्वको समापन गर्छन् ।

छठ पर्वको अवसरमा शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिंदै महिलाहरु । तराइबासीले विशेष रुपमा मनाउने छठ पर्व कञ्चनपुरमा पनि केही समययता मनाइँदै आएको छ । तस्वीरः शेरबहादुर सिंह

चार दिवसीय छठ पर्वको शनिबार मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिंदै धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित औरही खोलाको छठ घाटमा ब्रतालु महिलाहरु । तस्वीरः अजयकुमार साह

उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा शनिबार सँझ अस्ताउँदो सूर्यलाई विभिन्न प्रसाद तथा जल चढाउँदै छठपूजाका ब्रतालु तथा भक्तजनहरुको दृश्यहरु । तस्वीर ः हरिकुमार राई

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी