छठको मुख्य दिन आज साँझ व्रतालुहरुले अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिएका छन् । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।
आजसूर्यको आराधना, उपासना र पूजा गरी हर्षोल्लासका साथ काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा मनाइँदैछ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।
त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने धार्मिक मान्यता छ ।
आज छठ पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले छठिमाताको पूजा गरेका छन् ।
हेर्नुहोस् छठका यी झलकहरु

बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा शनिबार छठ पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी ।

बाराको कलैया नगरपापालिका १ राममन्दिर परिसरमा शनिबार छठ पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको आराधना गर्नुहुँदै ।
उपराष्ट्रपति नन्दबहादुर पुन
पासाङ’ छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको आराधना गर्नुहुँदै।
छठ पर्व को अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु
छठ पर्वको अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु ।

सूर्यको आराधाना गरी मनाइने छठ पर्वको अवसरमा शनिबार दमौलीस्थित मादी नदी किनारमा पूजाअर्चना गर्दै भक्तालु । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सदभावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ ।
वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु ।


वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठ पर्वका अवसरमा छठी माताको पूजा अराधना गर्दै व्रतालु । शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै शुरु भएको छठ पूजा भोलि आइतबार उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न हुनेछ ।
जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि तयारी सामग्री ।



तस्वीरः रत्न श्रेष्ठ, प्रदीपराज वन्त,विजयकुमार महतो,अजयकुमार साह ।