गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति दिने

गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति दिने

  • शुक्रबार, कार्तिक १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ, कार्तिक १५ ।
गरिमा धानमा बाला नलागेपछि पीडित किसानलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । आज प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानले बाला नहालेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति दिने बताउनु भएको हो ।

गरिमा जातको धानले बाला नहाल्दा भएको क्षतिबारे अध्ययन गर्न मन्त्रालयले एक समिति बनाएको जानकारी दिँदै उहाँले एक महिनामा प्रतिवेदन आएपछि क्षतिपूर्ति दिने बताउनु भएको हो । कति क्षतिपूर्ति दिने भन्नबारे अहिले भन्न नसकिने भन्दै उहाँले बीउमा लगानी, श्रमको लगानी, उत्पादन लागत लगायतका विषय हेरेर क्षतिपूर्ति दिने बताउनुभयो ।

सनराइज एग्रीकल्चर रिसर्च सेन्टर प्रालिले भारतको हैदरावादस्थित रिनोभा सिड साइन्स इन्डिया प्रालिबाट गरिमा जातको वर्णश्रंकर जातको धान आयात गरी बिक्री वितरण गरेको थियो । यो धानको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल खेल्नुपर्ने र १२५ दिनभित्र उत्पादन भइसक्नुपर्ने थियो ।

तर गरिमा धान लगाएका विभिन्न जिल्लामा बाला नहालेपछि किसानहरुले धान काटेर अर्को बाली लगाउने तयारी गरेका छन् । समिति बैठकमा सांसदहरुले गरिमा जातको धानले बाला नहाल्नुमा कसको दोष रहेको भनी प्रश्न गरेका थिए । उनीहरुले सिफारिस गर्दा गरिमा जातको धान हाइब्रिड थियो कि थिएन भन्ने प्रश्न गरेका थिए ।

नेपालमा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, कपिलवस्तु, तनहुँ, नवलपरासी पूर्व र चितवन जिल्लामा यो धान लगाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी