घोडाखोरमा चौँरी स्रोत केन्द्र स्थापित

घोडाखोरमा चौँरी स्रोत केन्द्र स्थापित

  • बुधबार, कार्तिक १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

डोल्पा, १३ कात्तिक । त्रिपुरासुन्दरी नगरपालिका–११ अन्तर्गत पर्ने घोडाखोरमा चौँरी स्रोत केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु एक करोड लगानीमा चाँैरी स्रोत केन्द्र स्थापना गरिएको हो ।

चौँरीपालनका लागि प्रशस्त घाँसपातका साथै समथर पाटन भएकाले घोडाखोरमा आधुनिक चौँरी फार्मको स्थापना गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ चन्द्रलाल धरलाले बताउनुभयो । हाल ३१ वटा चौरी खरीद गरी पालन गरिएको छ भने याकका लागि आधुनिक गोठ, गोठालाका लागि सुविधायुक्त छुट्टै भवन निर्माण गरिएको छ । चौँरीपालन गरिएको क्षेत्रको चारैतिर घेराबार गरी बन्द गरिएको छ ।

चौँरी स्रोत केन्द्रको संयुक्तरुपमा उद्घाटन गर्दै कर्णाली प्रदेशसभा सांसद वीरबहादुर शाही र बद्मीकुमारी बोहोराले डोल्पाले पशुपालनको प्रशस्तै सम्भावना बोकेकाले स्रोत केन्द्र स्थापनाका लागि पहल गरेको बताउनुभयो । चौँरीपालन गरेर आम्दानी गर्ने बन्तडीवासीको वर्षांैदेखिको सपना पूरा गरेको भन्दै उहाँहरुलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए ।

चाँैरीपालनबाट उत्पादन गरिएको दुग्धजन्य पदार्थ, चौरीका रौँबाट तयार गरिएको राडीपाखी, चाँैरी पोर्टलगायतका वस्तु बिक्री वितरण गरेर आयआर्जन गर्न सकिने सांसद शाहीले बताउनुभयो । निकट भविश्यै डेरी स्थापना गरेर दुग्धजन्य पदार्थको व्यावसायिक बिक्री वितरण शुरु गरिने बताइएको छ ।

आगामी दिनमा चाँैरी स्रोत केन्द्रमा उत्पादित चौँरीका पुवालाई जिल्ला बाहिरका अन्य हिमाली जिल्लामा समेत बिक्री गरेर आयस्रोत बढाउन सकिने भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ । चौँरी स्रोत केन्द्र सञ्चालनका लागि १६ सदस्यीय संस्थापक समिति समेत खडा गरिएको छ भने चौँरीको हेरविचार गर्ने कामका लागि दुई जना प्राविधिक र तीन जना गोठालाको व्यवस्था गरिएको छ ।

चौँरी स्रोत केन्द्र स्थापनाबाट पाँच जना बेरोजगारलाई गाउँमै रोजगारीको अवसर सिर्जना भएको संस्थापक समितिका अध्यक्ष देवी घर्तीले बताउनुभयो । यसअघि पनि यस क्षेत्रमा २०३५ सालमा चाँैरी फार्म स्थापना गरे पनि तत्कालीन सरकारको निर्देशनमा २०४७ सालमा फार्म हटाइएको थियो । त्यतिखेरदेखि नै चौँरी फार्म स्थापनाका लागि बारम्बार स्थानीयवासीले सम्बन्धित निकायलाई अनुरोध गरिरहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी