सहकारीको भवन निर्माण

सहकारीको भवन निर्माण

  • सोमवार, कार्तिक ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

दमौली, ११ कात्तिक , विदेशी संस्थाको सहयोगमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा महिलाद्वारा सञ्चालित सहकारी भवन निर्माण गरिएको छ । योङ लिभिङ फाउण्डेशनको सहयोगमा उक्त नगरपालिका–६ खैरेनीटारस्थित खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी भवन निर्माण गरिएको हो ।

महिलाहरूद्वारा सञ्चालित सहकारीबाट प्रभावित भएर रु ६० लाखको लागतमा उक्त भवन निर्माण गरिएको उक्त फाउण्डेशनका नेपाल निर्देशक सुवास सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार फाउण्डेशनले जिल्लामा १६ वटा विद्यालय, वृद्धाश्रम, आमा समूह र महिला सहकारीको भवन बनाउने सम्झौता गरेकामा शुक्लागण्डकी नगरपालिकामा ९ विद्यालय, एक वृद्धाश्रम, आमा समूह र महिला सहकारी भवनका साथै म्याग्दे गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा एक, आँबुखैरनी गाउँपालिकामा तीन विद्यालय भवन बनाइने भएको छ । सबै भवन निर्माणका लागि रु दश करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले उक्त भवनको साँचो सहकारीका अध्यक्ष सूर्यकला ढकाललाई हस्तान्तरण गर्नुभयो ।

अमेरिकाका डा गेरी योङले सन् २००९ मा स्थापना गर्नुभएको उक्त फाउण्डेसनले विभिन्न मुलुकमा सेवा गर्दै आइरहेको र यसमा अधिकांश मुलुकका ३० लाखभन्दा बढी सदस्य छन् । विश्वका गरीब र विकासोन्मुख मुलुकमा फाउण्डेसनका स्वयंसेवी सदस्य पुगेर सहयोग गर्दै आइरहेका छन् ।विसं २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि क्षतिग्रस्त भएका संरचना पुनःनिर्माणमा सघाउन उक्त फाउण्डेशन नेपालमा प्रवेश गरेकोे थियो । विसं २०७३ मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग रु नौ करोड बराबरको रकम पुनःनिर्माणमा खर्च गर्ने सम्झौता गरेको सो फाउण्डेशनले दुई वर्षको अवधिमा ९९ घर र एउटा विद्यालय निर्माण गरी हस्तान्तरण गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी