पुष्प माला र गुच्छा काठमाडौँमा खपत

पुष्प माला र गुच्छा काठमाडौँमा खपत

  • सोमवार, कार्तिक ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

मकवानपुर जिल्लाको उत्तरी भेगस्थित इन्द्र सरोवर, भीमफेदी गाउँपालिका र थाहा नगरपालिकाको विभिन्न वडाका कृषकले लगाएका सयपत्री, गोदावरी र मखमली फूलको माला र गुच्छा काठमाडौँ र ललितपुरको स्थानीय बजारमा खपत भइरहेको छ ।

ती फूलका माला र गुच्छा क्रमशः रु ८० देखि रु १३५ सम्म बिक्री वितरण भइरहेको इन्द्र सरोवर गाउँपालिका–७ सल्लेरी निवासी अगुवा कृषक शुक्रराज लामाले बताउनुभयो । जिल्लाको साविक चित्लाङ, मार्खु, कुलेखानी, सिस्नेरी, फाखेल, इपापञ्चकन्या, दामन, पालुङ र भीमफेदी गाउँपालिकासमेतका एक हजार २३४ कृषकले पुष्पखेती गरेको मकवानपुर जिल्ला समन्वय समितिले जनाएको छ ।

ती कृषकरुले उत्पादन गरेका पुष्प माला र गुच्छा चितवनको भरतपुर, नारायणगढ तथा मकवानपुरको हेटौँडा, मनहरी, लोथरमा खपत भएको र स्थानीय व्यापारीले काठमाडौँ, ललितपुर, चितवन र हेटौँडामा समेत गरी रु ७० लाख ५० हजार मूल्य बराबरको पुष्प माला र गुच्छा बिक्री गरेको थाहा नगरपालिका–५ का कृषक हरिकृष्ण कार्कीले बताउनुभयो ।

मकवानपुरमा मौसमी तरकारीखेतीका साथै उन्नत पुष्पखेतीबाट कृषक नियमित आर्थिक आत्मनिर्भर बन्दै गएको र ती क्षेत्रमा आधुनिक प्रविधिबाट पुष्प र तरकारी उत्पादनका लागि प्याकेज कार्यक्रम यसै आर्थिक वर्षदेखि लागू गरिने नगरप्रमुख लवशेर विष्टले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी