लक्ष्मीको पूजा कसरी गर्ने ? यस्तो छ पूजा–आरती विधि र मन्त्र

लक्ष्मीको पूजा कसरी गर्ने ? यस्तो छ पूजा–आरती विधि र मन्त्र

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 22.1K
    SHARES

 

कात्तिक कृष्ण पक्ष औँशी अर्थात् धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँने गरिन्छ। सफासुग्घर, लिपपोत नगरिएको र बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास अनुसार आइतबार घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारेर लक्ष्मीको स्वागत गरिन्छ। विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सड्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने गरिन्छ ।

आइतबार साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ। आजको दिनमा महालक्ष्मी तथा श्री गणेशको नयाँ मूर्ति वा तस्विर थापना गरेर विषेश पूजा गर्ने गरिन्छ र अन्त्यमा लक्ष्मीको आरती गर्ने गरिन्छ। यस वर्ष लक्ष्मीपूजाको शुभ साइत सिंह लग्नमा राति १० बजेर १८ मिनेटदेखि १२ बजेर ३५ मिनेटसम्म रहेको छ। लक्ष्मी पूजा गर्दा आफू पश्चिम दिशामा फर्केर लक्ष्मी र गणेशको मूर्ति पूर्वतिर फर्काउनुपर्छ। पश्चिम दिशामा २७० डिग्रीमा फर्किएर पूजा गर्दा समृद्धि प्राप्त हुन्छ।

लक्ष्मीको पूजा गर्ने र आरती गर्ने विधि पनि शास्त्रमा उल्लेख गरिएको छ। शास्त्रमा उल्लेख गरिएअनुसार पूजा तथा आरती गर्दा गरे लक्ष्मीको कृपा सहजै हुने विश्वास गरिन्छ। कसरी गर्ने लक्ष्मीको पूजा तथा आरतीरु आरतीका लागि एउटा पूजाको थालीमा स्वस्तिक चिन्ह बनाएर चामल तथा फूलमाथि शुद्ध घ्युको दियो बाल्ने र अर्को एक थालीमा कपुर राखेर पूजा स्थानमा राख्ने। आरतीको थालीमा एक कलशमा जल राखेर आफूलाई अभिषेक गर्ने र घण्टी बजाउँदै हातमा कमलको फूल लिएर हात जोडेर यस्तो मन्त्र उच्चारण गर्नेः

ॐ या श्रीस् स्वयं सुकृतिनां भवनेष्वलक्ष्मीस् पापात्मनां कृतधियां ह्रदयेषु बुद्धिस्।
श्रद्धा सतां कुलजनप्रभवस्य लज्जा तां त्वां नतास् स्म परिपालय देवि विश्वम्।।
ॐ महालक्ष्म्यै नमस्, मंत्रपुष्पांजलिं समर्पयमि।

मन्त्र पढिसकेपछि फूल लक्ष्मीलाई चढाउने र प्रणाम गर्ने र पुनः हात जोडेर क्षमा प्रार्थना गर्नेः आवाहनं न जानामि न जानामि विसर्जनम्। पूजां चैव न जानामि क्षमस्व परमेश्वरि।। यत्पूजितं मया देवि परिपूर्णं तदस्तु मे।। सरजिजनिलये सरोजहस्ते धनलतरांशुकगंधमाल्यशोभे। भगवति हरिवल्वभे मनोज्ञे त्रिभुवनभूतिकरि प्रसीद मह्यम्।। यसपछि पुनः प्रमाण गरेर ॐ अनेन यथाशक्त्यर्चनेन श्रीमहालक्ष्मीस् प्रसीदतु। भन्दै जल चढाउने। ब्राम्हण एवं गुरूजनलाई प्रणाम गरेर चरणामृत तथा प्रसाद लिने। पूजाको विसर्जन चामल लिएर गणेश, लक्ष्मी र अन्य देवीदेउतालाई चढाउँदै मन्त्र भन्नेः यान्तु देवगणास् सर्वे पूजामादाय मामकीम्। इष्टकामसमृद्धयर्थं पुनरागमनाय च।।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी