झाकी, थरी थरीका बाजागाजा र भेष भुषा सहितको र्याली भरतपुरमा, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा( फोटो फिचर)

झाकी, थरी थरीका बाजागाजा र भेष भुषा सहितको र्याली भरतपुरमा, सहयोगापेक्षी सडक मानवमुक्त घोषणा( फोटो फिचर)

  • शनिबार, कार्तिक ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

भरतपुर महानगरपालिकालाई आज एक समारोहका बीच सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । भरतपुर महानगरपालिका, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको हो ।

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चारवटै संस्थालाई प्रतिबद्धतापत्र हस्तान्तरण गरेर औपचारिकरूपमा सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गर्नुभएको हो । सो अवसरमा सहभागी सबैलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहयोगापेक्षी सडक मानवमुक्त बनाउन सहयोग गर्छु भन्ने शपथ खुवाउनुभएको थियो ।

कार्यक्रम घोषणा गर्नुअघि असोज २७ गतेबट महानगरभर रात्रिकालीन उद्धार एवं परामर्श कार्य गरिएको थियो । सो क्रममा सडकमा फेला परेकाहरुको व्यवस्थापन गरिएको थियो । सहयोगापेक्षीहरुलाई भरतपुरमा रहेको मानव सेवा आश्रममा राखिएको छ ।

विविभन्न झाकी, भेष भुषा सहितको प्रस्तुतति एवं र्याली गरिएको थियो ।

 

चितवनको भरतपुर महानगरपालिकालाई सहयोगापेक्षी सडक मानव मुक्त महानगर घोषणा गर्नुअघि शनिबार चितवनको नारायणगढमा आयोजना गरिएको ¥यालीमा सहभागी ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी