लसुन आफैमा ठूलो औषधी हो । यसलाई हरेक भान्सामा प्रयोग गरिएको हुन्छ । लसुनले शरीरलाई त्यसै पनि गंभीर रोगहरु लाग्नबाट रोक्ने काम गर्दछ । तर पनि यसलाई सही तरीकाले खानाले उच्च रक्तचापको समस्या पनि न्युनीकरण हुने एक अध्ययनले देखाएको छ ।
काचो लसुनको एक केस्रालाई छिलेर दिनै पिच्छे त्यतिखेर सम्म चपाउनुहोस् जबसम्म यो मुखमा घुल्दैन । त्यतिकै सामान्य चपाएर मात्रै निल्दा भन्दा बढी यसले रक्तचाप कम गर्न मद्धत पुर्याउछ ।
भारतका डा. नरसिंह बर्माको सन् २०१७ मा प्रकाशित एक रिपोर्टमा यो प्रमाणित भएको लेखिएको छ ।
हरेक दिन यसरी लसुन चपाएर एक बर्ष सम्म खादाँ रक्तचापका समस्या मात्रै नभएर कोलेस्ट्रोल समेत सन्तुलित भएको शोधमा प्रमाणित भएको थियो ।
विषेशज्ञहरुका अनुसार लसुन खानाले शरीरमा नाईट्रीक अक्साईडका मात्रा बढ्दछ । यसले शरीरलाई स्फूर्त राख्नुका साथै रगत पातलो बनाउने काम गर्दछ ।
यसका साथै यसले हाईपर टेन्सन कम गर्दछ । हाईपर टेन्सनका विरामीलाई पनि लसुन उत्तिकै फाईदा हुन्छ । लसुनले उच्च रक्तचापको सिस्टोलिक र डायस्टोलिक तरीकाबाट नियन्त्रण गर्दछ ।