के तपाईमा पहिला जस्तो यौन चाहना र शक्तिमा कमी आएको महसुस भएको छ । उमेर बढ्दै जादा अथवा बिबाह गरेको केही वर्ष पश्चात यौन कार्यमा दिक्क लाग्ने हुन पनि सक्छ । यसको मुख्य कारण मध्य एक कारण हो तपाईको टेष्टोटेरानको समस्या हुन सक्छ । यसको श्वास्थ्य परीक्षण आवस्यक छ । यसका अतिरिक्त यसलाई बढाउन खानेकुराहरुबाट पनि सुधार गर्न सकिन्छ ।
अस्वगन्धा सेवन गर्नुहोस्
अश्वगंधा सेक्स लाइफलाई उत्कृष्ट बनाउने परम्परागत औषधी मानिन्छ । यसले शरीरको माशपेशी मजबुत बनाउदै आवस्यक उर्जा पैदा गर्न र कामेच्छा बढाउने काम गर्दछ । अश्वगंधा के सेवनबाट शरीरमा टेस्टोस्टेरोनको लेवल बढाउछ भने पुरुषले चाहेको परफरमेन्स बढाउन सक्छ ।
दैनिक पिउनुस् नरीवल पानी
हर्मोनल ब्यालेन्समा प्रकृतिले दिएको खाद्य चीजहरुले ठूलो भूमिका खेल्दछ । यस मध्य नरीवल पानी दैनिक पिउनु भयो भने तपाईको सेक्स लाईफ सानदार हुनेछ । यसमा काचो नरीवल खान पनि सक्नु हुन्छ । यसले टेस्टोस्टेरोन बढाउन मद्धत गर्दछ ।
एभोकाडो
एभोकाडो पनि उत्कृष्ट प्राकृतिक फल हो । यसको सेवनले महिला र पुरुष दुवैमा यौन क्षमता बढाउछ । साथै यसले सुन्दरता पनि बढाउछ । यसले शरीरलाई पनि आकर्षक बनाउछ ।