टिकुलीगढ दुग्ध उत्पादक सहकारीको २४ साधारणसभा सम्पन्न

टिकुलीगढ दुग्ध उत्पादक सहकारीको २४ साधारणसभा सम्पन्न

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

बुटवल, आश्विन २८ । श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लि. तिलोत्तमा–१४ रुपन्देहीले २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष जनार्दन शर्मा यादबको अध्यक्षता र प्रदेश नं. ५ का प्रदेश सभा सदस्य बलदेव शर्मा पोखरेलको प्रमुख आतिथ्यतामा संस्थाको कार्यालय कक्षमा साधारण सभा सम्पन्न गरेको हो ।
अध्यक्ष जनार्दन शर्मा यादवले बार्षिक प्रतिवेदन गर्दै संस्थागत र संस्थाका सेयर सदस्यहरुको हकहितको लागि विभिन्न नौं वटा भावी कार्यक्रमहरुको लागि प्रस्ताव पेश गरेका थिए ।

शर्माले पेश गरेको प्रस्तावहरुमा दुग्ध उत्पादक कृषकलाई राहत देखि सेयर सदस्यको एकाघरको परिवारको सदस्यको मृत्युमा काजक्रिया खर्चको पनि बृद्धि गर्ने रहेको छ भने संस्थालाई थप मजवुत बनाएर लैजानका लागि अन्य कार्यक्रमहरु पनि अगाडी सारिएको छ ।

दुधको गुणस्तर तथा परिमाण बृद्धि गर्नका लागि टाढाबाट दुध ल्याउने तीन जना, नियमित दुध ल्याउने तीन जना, गुणस्तरिय दुध ल्याउने गाई भैसीका तीन÷तीन जना, समयमा दुध ल्याउने एक जना, मिहेनति एकल महिला एक जना, सफा भाँडामा सफा दुध ल्याउने एक जना र संस्थाबाट नियमित दुध खरिद गर्ने दुई जनालाई सम्मान सहित पुरस्कृत गर्ने निर्णय भएको बताए ।
संस्थाका उपाध्यक्ष भूपराज पाण्डेको स्वागत मन्तव्य सँगै सुरु भएको २४ बार्षिक साधारण सभामा बोल्दै जिल्ला दुग्ध सरकारी संघका अध्यक्ष लेखनाथ पाण्डेले हुने खाने र गरिखानेका बीच अनुदान वितरणमा भेदभाव भएको बताउँदै दुधको मूल्य बढाए किसानहरुलाई राहत मिल्ने भएतापनि लागत मूल्य घटाउन सकेको अवस्थामा सबैलाई राहत मिल्ने तर्फ सरकार केन्द्रित हुनु पर्ने बताए ।

त्यसैगरी लेखा समीति संयोजक टोपलाल न्यौपानेले लेखापरीक्षणको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष गायत्री भुषाले संस्थाका भावी योजनाहरु र संस्थाको आयव्यको बारेमा सभालाई जानकारी गराएकी थिईन ।
लेखा समीति सदस्य माधव काफ्लेको सञ्चालनमा सम्पन्न भएको उक्त साधारण सभाको खुल्ला सत्रमा प्रदेश नं. ५ प्रदेश सभा सदस्य, रमा अर्याल, तिलोत्तमा–१३ का वडा अध्यक्ष गणेश न्यौपाने, संस्थाका सल्लाहकार सदस्य रामचन्द्र पोखरेल लगायतले मन्तव्य राख्दै सरकारले उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी ढंगले सञ्चालन गरी दुधको लागत मूल्य घटाउने तर्फ जोड दिनुपर्ने बताए ।
दश लाख दुई हजार १५ रुपैयाँ सेयर पुँजी रहेको गत आर्थिक बर्षमा एक लाख ६७ हजार सात सय रुपैयाँ थप गरी ११ लाख ६९ हजार सात सय १५ रुपैयाँ पु¥याएको छ । आर्थिक बर्ष २०७५÷७६ मा २७ लाख ३३ हजार तीन सय ७५ रुपैयाँ अर्थात दुई सय ३३ प्रतिशत खुद मुनाफा आर्जन गर्न सफल भएको छ भने तीन सय ५० जना सेयर सदस्यहरुको संख्यामा ५८ जना बृद्धि गरी चार सय आठ पु¥याएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी