सिन्धुलीगढीलाई क्यानभाषमा उतार्दै कलाकार

सिन्धुलीगढीलाई क्यानभाषमा उतार्दै कलाकार

  • बुधबार, अशोज १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.5K
    SHARES

काठमाडाैं, १५ असाेज ।

सिन्धुलीगढी-सिन्धुलीगढीमा तत्कालीन गोर्खाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा समृद्ध सिन्धुली अभियानले बुधबार बिजय दिवस मनाएको छ । सिन्धुलीगढीमा विक्रम संवत १८२४ असोज १५ गते गोर्खाली सेनाले काठमाडौ उपत्यकाका मल्ल राजालाई सघाउन आएको अंग्रेज फौजलाई परास्त गरेको थियो ।

अंग्रेजी सेनालाई पराजित गरेको दिनको सम्झनामा अभियानले कला शिविरको आयोजना गरेर दिवस मनाएको हो ।  शिविरको प्रदेश सांसद विनोद खड्काले क्यानभासमा चित्र कोरेर उद्घाटन गरे ।

नेपाल पत्रकार महासंघ सिन्धुलीको पहलमा सिन्धुलीगढीमा हरेक बर्ष कात्तिकको २४ गते बिजयोत्सव मनाइँदै आएको छ । विजय हासिल गरेको दिनको सम्झनामा विजय दिवस भने पहिलो पटक मनाउन थालिएको हो । सिन्धुलीगढीमा २०७४ सालमा मनाइएको २५० औं विजयोत्सवमा राष्टपति विद्यादेवी भण्डारी सहभागी भएकी थिइन् ।

समृद्ध सिन्धुली अभियानले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कला शिविर गरेको अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । शिविरमा राष्ट्रिय स्तरका १० जना कलाकारले सिन्धुलीगढीमा रहेका ठूलोगढ, सानो गढ, पौवागढी, दरबारलगायतको कलाचित्र क्यानभाषमा उतार्नेछन् । त्यस्तै कलाकारले त्यतिखेर अंंग्रेज सेनासँग गोर्खालीले गरेको लडाइँको दृष्यलाई कल्पना गरेर चित्रमा उतार्ने छन् । ‘कलाकारले बनाएका चित्रलाई हामी सिन्धुलीगढीको प्रबर्धनमा प्रयोग गर्ने छौं,’ अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, ‘सिन्धुलीगढी कला शिविरमा तयार भएका चित्रकलाई काठमाडौं र बेलायतमा प्रदर्शन गर्ने हाम्रो योजना छ ।’

कलाकारले तयार गरेका चित्रलाई सिन्धुलीगढीको प्रचार गर्न चित्र पुस्तिका, पोष्टकार्ड, सोभेनियर, क्यालेन्डर आदि सामग्री तयार गर्न उपयोग गरिने अभियन्ता तथा कला शिविरका संयोजक दीपक श्रेष्ठले बताए ।
शिविरमा कलाकार तथा प्राज्ञ सुष्मा राजभण्डारी, कलाकारहरु सुदर्शनविक्रम राणा, सुनिता राणा, सुरेम देशार, अश्रुराम खाइजू, अनिल खड्का, सुदीप विशंखे, सञ्जु थापा मगरलगायतले क्यानभाषमा चित्र कोरिरहेका छन् ।

कला शिविर उद्घाटन गर्दै सांसद बिनोद खड्काले सिन्धुलीगढी नेपालीहरुले गौरव गर्न लायकको ऐतिहासिक स्थल भएकाले यसको संरक्षण र प्रबर्धन गर्न सरकारी स्तरबाटै प्रयास हुनु पर्ने बताए । ‘समृद्ध सिन्धुली अभियान र ललितकला प्रज्ञा प्रतिष्ठानले सरकारले गर्नु पर्ने काम गरेका छन्,’ उनले भने, ‘यी संस्थाको प्रयासबाट स्थानीय, प्रदेश र संघीय सरकारले पनि पाठ सिक्नेछन् भन्ने मेरो अपेक्षा छ ।’


कार्यक्रममा जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि विजय हासिल गरेको दिन असोज १५ गते भन्ने इतिहासविद्हरुले स्पष्ट गरिसकेको अबस्थामा विजय दिवसबारे कसैले द्वीविधा राख्न नहुने बताए । ‘विजय उत्सव बर्षभरि जुनसुकै संस्थाले मनाउँदा हुन्छ,’ उनले भने, ‘विजय दिवस भने अंग्रेजलाई पराजित गरेकै दिन मनाउनु पर्छ ।’


नेपाल ललितकला प्रज्ञाप्रतिस्ठानकी प्राज्ञ तथा चित्रकला विभाग प्रमुख शुष्मा राजभण्डारीले नेपाललाई एकिकृत स्वरुपमा रहन सघाउने एतिहासिक स्थल सिन्धुलीगढीमा कलाकारहरुलाई कला सिर्जना गर्ने अबसर पाएकामा खुशि ब्यक्त गर्दै यहाँ तयार भएका चित्रकलाले सिन्धुलीगढीलाई बिश्वभर चिनाउन सघाउने बताइन् ।

नेकपाका केन्द्रीय सदस्य तथा हरिहरपुरगढी संरक्षण समितिका अध्यक्ष कमलजंग राइले एतिहासिक गढीहरुको संरक्षण गर्दै तिनको प्रबर्धन गरेर पर्यटक भित्र्याउन सके जिल्लाको समृद्धिमा योगदान गर्न सकिने बताए ।


समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धनमा अभियानले हरेक बर्ष साइकल यात्रा, हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोड्ने एकिकरण पदमार्गको निर्माण, कला शिविरलगायतका काम गर्दै आएको छ ।

अभियानले हरेक बर्ष गर्दै आएको राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा यस बर्ष यही मंसिर ६ देखि ९ गतेसम्म काठमाडौंबाट ऐतिहासिक सिन्धुलीगढीहुँदै जनकपुरधामसम्म गर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी