साढे ५ हजार एम्पुल लागूऔषधसहित काठमाडाैंबाट ७ जना पक्राउ

साढे ५ हजार एम्पुल लागूऔषधसहित काठमाडाैंबाट ७ जना पक्राउ

  • शुक्रबार, अशोज ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

२ असोज, काठमाडौं । ठूलो मात्रामा लागूऔषध (नियन्त्रित मनोद्विपक पदार्थ)सहित प्रहरीले काठमाडाैंबाट ७ जनालाई पक्राउ गरेको छ ।लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको शान्तिनगर र गोकर्णेश्वरबाट विशेष सूचनाको आधारमा ५ हजार ५२६ एम्पुल नियन्त्रित मनोद्विप पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-३१ शान्तिनगरबाट भारतीय नम्बर प्लेटको बीआर ३० ८६०७ नम्बरको स्कारपियो गाडीसहित बुधबार पक्राउ पर्नेमा भारतको ग्रीन पेलेस डुमरवाना-२० बैरगनीयाका ३७ वर्षीय राजा कुणा, बेल बैरगनीया-२० का ३२ वर्षीय राजेशकुमार जयसवाल र अशोगी-४ पुरुषोत्तमपुर का ३७ वर्षीय अभिषेककुमार जयसवाल रहेका छन् ।

उनीहरुको साथबाट चामल र पिठोमा लुकाइ राखेको १०४७ एम्पुल डाइजेपाम, १०३७ एम्पुल नुफिर्न र १०४२ एम्पुल फेनार्गन गरी ३१२६ एम्पुल मनोद्विपक पदार्थ बरामद गरेको छ ।भारतीय नागरीकहरुले भारतका विभिन्न सहरहरुबाट मनोद्विपक पदार्थ खरीद गरी नेपाल भित्र्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ ।

यस्तै, व्यूरोको टोलीले भदौ २७ गते काठमाडौंको गोकर्णेश्वरबाट सिराहाको गोलबजार नगरपालिका-४ का ४२ वर्षीय उतिम लाल साह, वडानम्बर ३ का २३ वर्षीय अशोक तामाङ, उदयपुर त्रियुगा नगरपालिका-१३ का ३४ वर्षीय सुजेन्द्र लोहनी र काभ्रेको रोशी गाउँपालिका-७ का २८ वर्षीय पेमा लामालाइ पक्राउ  गरेकाे थियाे । सबैजनालाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

गोकर्णेश्वरबाट पक्राउ परेकाहरूकाे साथबाट ४१० डाइजेपाम, ३७५ फेनार्गन र ४१५ नुफिर्न गरी १२०० एम्पुल बरामद गरेको व्यूरोले जानकारी दिएको छ ।  उनीहरु चारैजना यसअघि विभिन्न मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति हुन् । उमितले कर्तव्य ज्यान मुद्दामा सिराहा कारागारबाट २ वर्ष ९ महिना, लोहनीले लागूऔषध मुद्दामा सिराहाबाटै २ वर्ष, लामाले काभ्रे र सिराहा कारागारबाट डाँका चोरी मुद्दामा ३ वर्ष ४ महिना र अशोकले जवरजस्ती करणी मुद्दामा सिराहाबाटै २ वर्ष ६ महिना कैद भुक्तान गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सातैजनालाई लागूऔषध नियन्त्रण ऐन, ०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिसकेको ब्यूरोले जनाएको छ ।

                                                                  प्रहरीले नियन्त्रणमा लिएकाे स्कर्पियो गाडी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ