प्रादेशिक शिक्षा पत्रकारीता पुरस्कारद्धारा पत्रकार सुजन तिमसिना सम्मानित, को-को भए पुरस्कृत ?

प्रादेशिक शिक्षा पत्रकारीता पुरस्कारद्धारा पत्रकार सुजन तिमसिना सम्मानित, को-को भए पुरस्कृत ?

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

इलाम, १५ साउन । २० हजार राशीको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार–२०७५ बाट इलामका युवा पत्रकार सुजन तिमसिना सम्मानित भएका छन् ।
इलामको सूर्योदय नगरपालिकामा रहेर पत्रकारीता गर्दै आएका सुजन तिमसिनालाई मंगलबार शिक्षा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रदान गरे ।
नेपालको राष्ट्रिय प्रशारण नेपाल टेलीभिजनबाट दुई पटक प्रदेश नम्बर एकको उत्कृष्ट सम्बाददाताबाट पुरस्कृत भएका तिमसिनालाई शिक्षा मन्त्री पोखरेलले नगद र प्रमाणपत्र हस्तान्तरण गरे।
प्रदेश नम्बर एक बाटै १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट प्रदेश १ बाट सुनसरीका पत्रकार रोहित राई र मोरङकी सुशीला पाठकलाई मन्त्री पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।
महासंघका महासचिव रमेश विष्टका अनुसार सात प्रदेश र उपत्यकालाई १ प्रदेश मानि ३६ जना पत्रकारलाई छनौट गरि शिक्षा विज्ञात तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए।
२०५९ साल चैत्रदेखि झापाको बिवेचना दैनिक पत्रिकाको वितरकको कामबाट नेपाली पत्रकारीता क्षेत्रमा लागेका सुजन तिमसिनाले झापामा २०६१ असारसम्म अग्रज पत्रकार गणेश तिमसिना, दिपिन राई, मुक्ति पौडेल, मदन खरेलबाट समाचार लेखनको सीप आर्जन गरेका थिए । २०६१ असारमा प्रवेशिका परिक्षा उर्र्ितण गरेपछि महेन्द्र रत्न बहुमुखि क्याम्पस इलाममा उच्चशिक्षा अध्ययनसँगै तिमसिना पत्रकारीतामा सक्रिय भएका थिए ।
२०६१ सालदेखि २०६३ चैत्रसम्म विवेचना दैनिक, मुक्ति आवाज साप्ताहिक र बज्रपात दैनिकमा सम्बाददाताको रुपमा समाचार सम्प्रेषण सँगै आफै पत्रिका वितरणको काम गरेका थिए । २०६३ को दोस्रो जनआन्दोलन पछि दमकबाट प्रकाशन हुने पूर्वसन्देश दैनिक र विर्तामोडबाट प्रकाशित मेची टाइम्स दैनिकको इलाम सम्बाददाता भएर डेढ वर्ष काम गरेका तिमसिनाले पुर्वको लोकप्रिय दैनिक ब्लाष्ट टाइम्स दैनिकमा समेत काम गरेका थिए ।
२०६३ फागुनबाट सप्तरङ्गी एफ एफबाट रेडियो पत्रकारीतामा समेत सामेल भएका तिमसिना सप्तरङ्गी एफ एमको सर्वोउत्कृष्ट सम्बाददाताको पुरस्कार प्राप्त गरेका थिए । उनले इलाममा रहेको इलाम एफ एममा करिब ६ वर्ष र इलाम आवज साप्ताहिकमा प्रमुख सम्बाददाताका रुपमा समेत काम गरेका थिए । २०६५ सालबाट टेलिभिजन पत्रकारीतामा प्रवेश गरेको सुजन तिमसिनाले शुरुमा एभिन्युज टेलिजिनबाट टेलिभिजन पत्रकारीताको सीप आर्जन गरेका थिए । झापाको दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा समेत काम गरेका तिमसिना नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष हुन् । नेपाल टेलिभिजनमा पाँचथरबाट पत्रकारीता गरेका अहिले उनी इलाम जिल्लाको सम्बाददातासँगै स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश डट कमको प्रकाशक तथा प्रधानसम्पादक हुन् ।
उनी मेची अञ्चलका विभिन्न संस्थाकाम सहभागि छन् । उनी सूर्योदय नगरपालिका नगर उद्योग बाणिज्य संघका कार्यसमितिमा संचार क्षेत्रको तर्फबाट निर्वा्चित भएका थिए ।

को को भए पुरस्कृत

८ प्रदेशबाट १÷१ जनालाई प्रदान गरिने पुरस्कारबाट प्रदेश नम्बर २ बाट सन्तोष सिंह जनकपुर, ३ बाट सरिता श्रेष्ठ धादिङ, गण्डकी प्रदेशबाट कमल खत्री म्याग्दी, प्रदेश ५ बाट प्रेमनारायण आचार्य अर्घाखाँची, कर्णाली प्रदेशबाट गोविन्द केसी दैलेख, सुदूरपश्चिम प्रदेशबाट मोहन विष्ट कञ्चनपुर र उपत्यकाबाट लक्ष्मी पौडेल काठमाडौं लाई प्रदान गरिएको छ ।
यसैगरी बैठकले ७ प्रदेश र उपत्यकालाई १ प्रदेश मानी ८ प्रदेशबाट २÷२ जनालाई प्रदान गरिने रु १५ हजार राशीको प्रादेशिक शिक्षा पत्रकारिता प्रोत्साहन पुरस्कारबाट २ बाट बृजलाल पासवान पर्सा र सुनिल ठाकुर सर्लाही, ३ बाट शरद अधिकारी काठमाडौं र सविता श्रेष्ठ चितवन, गण्डकी प्रदेशबाट रोशन तिवारी पर्वत र शान्ता कमली लमजुङ, ५ बाट विकास बन्जाडे कपिलवस्तु र भगवती पाण्डे रुपन्देही, कर्णाली प्रदेशबाट विष्णुप्रसाद न्यौपाने कालीकोट र हरि गौतम रुकुम, सुदूरपश्चिम प्रदेशबाट शैलेन्द्र रोकाय बझाङ र भूमिराज जोशी बझाड तथा उपत्यकाबाट राजन रुचाल ललितपुर र प्रशान्त वली काठमाडौंलाई पुरस्कार हस्तान्तरढा गरिएको हो ।

संस्थागत तर्फ २० हजार रासीको पुरस्कार

संस्थागतमा एफएमतर्फ २० हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार प्रदेश १ बाट तमोर एफएम ताप्लेजुड, २ बाट रेडियो अपन मिथिला महोत्तरी, ३ बाट रेडियो सन्देश मकवानपुर, गण्डकी प्रदेशबाट ह्याप्पी एफएम नवलपुर, ५ बाट रेडियो मदनपोखरा पाल्पा, कर्णाली प्रदेशबाट रेडियो शारदा सल्या, सुदूरपश्चिमबाट रेडियो जनप्रिय अछाम र उपत्यकाबाट क्यापिटल एफएम काठमाडौंलाई पुरस्कृत गर्ने निर्णय गरिएको छ । संस्थागततर्फ नै छापाबाट शिक्षालय मासिक ललितपुर०, अनलाइनबाट सेतोपाटी डटकम र टेलिभिजनबाट जनता टिभीलाई २५ हजार राशीको शिक्षा पत्रकारिता पुरस्कार २०७५ प्रदान गरिएको थियो ।
शिक्षा पत्रकारीता पुरस्कार वितरण कार्यक्रमको समापन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कामको आधारमा पुरस्कार वितरण गरिएको बताए । पुरस्कारको दाबी गर्दै आएका आवेदन र उनीहरुको समाचारको मुल्याङ्कन गर्दै पुरस्कार वितरण गरिएको हो । उनले भने – हामीले जनुैपनि पुरस्कार वितरण गर्दा मापदण्ड बनाएर मात्रै छनौट गर्दै आएका छौ । व्यवसायीक पत्रकारीता विकास गर्नका लागि आगामि दिनमा शिक्षा मन्त्रालयसँग थप सहकार्यको अपेक्षा गरिएको अध्यक्ष आचार्यले बताए ।

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार रौनियारलाई

‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७५ बाट नागरिक दैनिक पत्रकार रुबी रौनियारलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु ५१ हजार राशीको पुरस्कार रौनियारलाई प्रदान गरिएको हो । पुरस्कार वितरण गर्दै शिक्षा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि संचार क्षेत्रको महत्वपूर्ण भुमिका रहेकाले सकारात्मक दृष्टिकोणका साथ कमल चालउने आग्रह गर्नुभएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी